'हिसाब सिकाइदिन्छु भन्दै सरले जबरजस्ती गर्नुभयो '

पोखराः ‘हिसाब सिकाइदिन्छु भन्दै सरले बोलाउनुहुन्थ्यो, जाँदा कपाल सुमसुमाउने, छाति मुसार्ने गर्नुहुन्थ्यो,’ आफूलाई पढाउने शिक्षकविरुद्व बलात्कारको अभियोगमा कारबाहीको माग राख्दै उजुरी दिएकी १४ वर्षिया एक छात्राले भनिन् ‘सर भएकोले केही पनि बोलिन । तर हामी मंसिरमा खासा भ्रमण जाँदा एउटै कोठामा सुतेको बेला गर्नै नहुने काम (यौन सम्पर्क ) गर्नुभयो ।’

पोखराको एक विद्यालयमा कक्षा आठमा पढ्ने छात्राले आफुलाई प्रलोभनमा पारेर शिक्षकले जर्बजस्ती करणी गरेको आरोप लगाउँदै सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन्। किशोरीको उजुरीपछि प्रहरीले पोखरा १६ वाटुलेचौरका अन्दाजी ५५ बर्षिय लक्ष्मण खवासलाई पक्राउ गरेर कारबाही प्रकृया अघि वढाएको छ।


‘अभियुक्त खवास विरुद्व जर्वजस्ती करणी गरेको अभियोगमा कार्वाही प्रकृया थालेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद पौडेलले भने ‘प्रमाण आफै वोलिरहेको छ । दहे कार्वाही हुनेछ।’ससुराली नजिकै घर भएकी छात्रालाई हिसाव सिकाईदिन्छु भन्दै पाँच कक्षामा पढ्दैदेखि यौन दुव्र्यवहार गर्दै आएका पीडित किशोरीले बताइन् । ‘नचाहिने काम गरिसकेपछि एक दुई सय दिनुहुन्थ्यो,’

‘खासामा घुम्न जाँदा साथिहरुसँग बस्ने कोठा नभएकोले सरस“गै सुतेको थि । राति उहाँले मलाई वर्वाद पार्नुभयो, उनले भनिन् । उनले शिक्षकले यौन दुव्र्यवहार गर्न थालेपछि आफुले राम्रोस“ग हिडडुल गर्न र पढन नसकेको बताउँदै शिक्षक खवासलाई सकेसम्म कडा कार्वाही गर्नुपर्ने बताइन् ।

विद्यालयमा उज्वल भविष्य वनाउन पठाएकी छोरी गुरुद्वारा यौन शोषणमा परेको सुन्दा किशोरीका परिवार स्तब्ध भएको छ ।‘सरले ज्ञानगुनका कुरा सिकाउलान् ।  छोरीले जागिर खाएर ठुली मान्छे वन्ली भनेको त, गर्र्नै नहुने कुकर्म पो गरेछन,’ किशोरीकी आमाले दुःखेसो पोखिन ‘पहिला पनि घरमा पढाईदिन्छु भनेर आउँदा वदमासी गर्न खोजेको देखेर हप्काएर पठाएका थियौं,’ उनले भनिन ‘सरले फकाएर धेरैपटक घुमाउन लगेको देखेपछि शंका लागेर केरकार गर्दा हामी छांगावाट खसेजस्तै भयौं ।’

उनले आरोपित शिक्षकका आफन्तले रकम दिएर घटना मिलाउन खोजेको बताइन्। ‘समाजमा यस्तो भइरहन्छ । मिलेर वस्नुपर्छ । वरु पैसा दिम्ला पनि भनेका थिए,’उनले भनिन ‘तर हामीले मानेनौं।’उनले गत ३ गते विद्यालय नजिकै कुखुराको खोरमा सा“झपख शिक्षक खवास र छोरीलाई छोराले देखेपछि सोधपुछ थालेको बताइन्।

घटनाबारे विद्यालय व्यवस्थापन समितिले पनि चासो दिएको छ। अभियुक्त खवासले पहिला पनि आठ कक्षामा पढ्दै गरेकी छात्रालाई भगाएर बिहे गरेका समितिका अध्यक्ष गणेशवहादुर थापाले बताए। ‘मुछिएका शिक्षक खवासलाई कस्तो कार्वाही गर्ने भनेर आज विहानपनि वैठक वसेका थियौं,’उनले भने ‘पहिला पनि विद्यार्थीलाई भगाएर लगेका थिए। अहिले त ठुलै अपराध गरेको कुरा आएकोले सवैले निलम्वन गर्नुपर्छ भनेर आवाज उठाएका छन्।’


Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget