काँग्रेस भित्रैबाट यसरी हुँदैछ सुशीललाई हटाएर देउवा ल्याउने खेल

काँग्रेस नेता बालकृष्ण खाँडले सभापति सुशील कोइराला नेतृत्वको वर्तमान सरकार पूर्णतः असफल भएको भन्दै सरकार परिवर्तन हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन कैलालीले शुक्रबार गरेको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका खाँडले असफल सिद्ध भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।


कोइराला सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको उनको आरोप थियो ।‘वर्तमान सरकार पूर्णत असफल सिद्ध भएको छ’, खाँडले भने, ‘असफल सरकारले राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि बाटो खोल्नुपर्छ ।’

आफैंले तोकेको मितिमा संविधान जारी गर्न र स्थानीय निकायको निर्वाचन गराउन नसक्नु सरकारको असफलताको प्रमाण भएको उनको तर्क छ । नेता खाँडले उनले अबको प्रधानमन्त्री काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा हुनुपर्ने जिकिर गरे ।

देउवा नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर सहमतिमै संविधान निर्माणको वातावरण बनाउनुपर्ने बताए । खाँडले आगामी भदौमा हुने १३ औं महाधिवेशनबाट पार्टी सभापति पनि नेता देउवा नै हुनुपर्ने बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget