प्रधानमन्त्री नरेन्द्र मोदीको सूट साढे ४ करोडमा लिलामी !

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्राण्डको सूट साढे चार करोडमा लिलाम भएको छ । गत बुधबारदेखि भारतको गुजरातमा लिलामीमा राखिएको प्रधानमन्त्री मोदीको सूट अवध ग्रुपका लालजी भाइले साढे चार करोडमा खरिद गरेका हुन् ।
लिलामीमा सबै भन्दा बढी कबोल गरी धनाढ्य भारतका ठुला व्यवसायी लालजी भाइले प्रधानमन्त्री मोदीको सूट लगाउने भएका हुन् । ११ लाखबाट लिलामी सुरु भएको सूटको मूल्य लिलामीको तेस्रो दिन शुक्रबार ४ करोड ३१ लाखमा विक्री भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले गणतन्त्र दिवसमा भारतको पहिचान विपरित सूट लगाएर अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गरेका थिए । आफ्नो देशको पहिचान विपरित सूट लगाएको भन्दै प्रधानमन्त्री मोदीको चर्काे आलोचना भएको थियो ।

त्यसपछि मोदी सरकारले सूट लिलामीमा राखेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget