कसको तलब कति बढ्यो?

 काठमाडौं, फागुन ११
सबैभन्दा बढी निर्माण मजदुरको, सबैभन्दा काम निजी क्षेत्रका कर्मचारीको
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा तलब वृद्धि सबैभन्दा बढी निर्माण सेवासँग सम्बन्धित मजदुरहरूको भएको छ। राष्ट्रबैंकको अर्धवार्षिक तथ्यांकअनुसार उक्त अवधिमा निर्माण मजदुरहरूको तलब १४ प्रतिशतले बढेको छ। कामको आधारमा गरिएको ९ क्षेत्रगत विभाजनमध्ये निजी क्षेत्रमा कार्यरत मजदुर तथा कर्मचारीको तलबमा भने उक्त अवधिमा सबैभन्दा कम शून्य प्रतिशतको वृद्धि भयो।

उक्त अवधिमा निजामति कर्मचारीको तलब ९.७ प्रतिशतले बढेको छ भने शिक्षण सेवासँग सम्बन्धित कर्मचारीको ९.१ प्रतिशत र कृषि मजदुरको ज्याला ७.९ प्रतिशतले बढेको छ। ६.८ प्रतिशतको मूल्यवृद्धि रहेको उक्त अवधिमा निजी, औद्योगिक र बैंक तथा वित्तीय संस्थाका मजदुर तथा कर्मचारीहरूको तलब वृद्धिदर उक्त अवधिको मूल्य वृद्धिदरभन्दा कम रह्यो ।
स्रोत ;सेतोपाटी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget