कुविक एनपी न्युज
थुप्रै पटक फिल्मी कथा वास्तविक जीवनसँग मेल खाने गर्दछ । यस्तै भारतीय राज्य उत्तर प्रदेशको एउटा जिल्ला बुलन्दशहरमा भएको छ । बलिउडको निकै चर्चित फिल्म ‘हम दिल दे चुके सनम’ मा अजय देवगनलाई जस्तै उनकी नवविवाहित श्रीमतीले उनलाई छोडेर आफ्नो प्रेमीसँग भागिन् । यस्तो अवस्थामा नवविवाहिताका श्रीमानले पहिले त प्रेमी युवकको विरुद्ध पुलिसमा रिपोर्ट दर्ता गरे तर पछि वास्तविकता थाहा पाएपछि उनले आफ्नो रिपोर्ट फिर्ता लिए ।
पुलिस सुपरिटेन्डेन्ट राजेश कुमारका अनुसार देवेन्द्रले एक युवकले आफ्नी श्रीमतीलाई अपहरण गरेको भन्दै पुलिस थानामा रिपोर्ट दर्ता गराएका थिए । पुलिसले जब ती महिलाको बारेमा शनिबार पत्ता लगाए तब युवतीले उनको अपहरण भएको कुरालाई अस्विकार गर्दै आफ्नो मर्जीले नै युवकसँग भागेको बताइन् । घटनाको सबै जानकारी पाएपछि देवेन्द्रले आफ्नो रिपोर्ट फिर्ता लिँदै आफ्नी श्रीमतीलाई उनको प्रेमीको जिम्मा मात्र लगाएनन् अब उप्रान्त आफूले कहिले पनि विवाह नगर्ने प्रणसमेत गरे ।एजेन्सी
Post a Comment