फागुन ७,काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथको मन्दिर दर्शनका लागि आएका स्वदेशी तथा विदेशी साधु सन्तलाई आज दक्षिणासहित बिदाइ गरेको छ ।
दर्शनका लागि आएका साधु सन्तलाई समय सापेक्ष दक्षिणा दिई बिदाइ गर्ने चलन छ । मुलुकका विभिन्न स्थान तथा भारतका आसाम, गुहाटी, हरिद्वारलगायतका स्थानबाट करिब तीन हजार पाँच सय साधु सन्त दर्शनका लागि आएको कोषले जनाएको छ ।
कोषले साधु तथा सन्तको स्तर हेरेर उनीहरुलाई रु २५१ देखि ५००१ सम्म प्रदान गरेको थियो । बिदाइका लागि कोषले रु आठ लाख विनियोजन गरेको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment