ज्याद्रो रोग हेपाटाइटीस बी बाट बच्ने अचुक उपायहरु

ज्याद्रो रोगको रुपमा परिचीत हेपाटाइटीस बी का कारण कैयौं मानिसले अल्प आयुमै ज्यान गुमाउनु परेको समाचार हामीले दैनिक रुपमा सुन्दै तथा देख्दै आएका छौं । केही बर्ष पहिले एड्स रोगलाई खतरनाक रोगका रुपमा चिनीन्थ्यो भने हाल आएर हेपाटाइटीस बी एड्स भन्दा पनि भयानक रोगको रुपमा देखा परेको छ ।

यो रोग लागेमा कलेजोलाई संक्रमण गर्दै जण्डिस, पेट दुख्ने, फुल्ने, अरुचि, वाकवाकी, थकाई लाग्ने, कलेजो सुन्निने भई अन्त्यमा कलेजोको क्यान्सरबाट मृत्यु समेत हुनसक्छ । एड्सको जीवाणुभन्दा सयै गुणा बढी र छिटो संक्रमण हुने हुनाले हेपाटाइटीस बी अत्यन्तै डरलाग्दो रोग भएको कुरा सावित भैसकेको छ । यस्तो भयानक रोगबाट बच्नका लागी तल उल्लेखित उपायहरु पढ्नुहोस् ।



१. टाटु नखोप्ने । टाटु खोप्नै परेमा स्टेरिलाईज गरेको औजार प्रयोग गर्ने ।

२. लागु औसधको प्रयोग नगर्ने ।

३. स्टेरिलाइज्ड सिरिन्जको प्रयोग गर्ने ।

४. खिया लागेको फलामे बस्तुबाट चोटपटक लाग्नबाट बच्ने ।

५. जुठो तथा बासी खानेकुरको सेबन नगर्ने ।

६. दैनिक स्नान गर्ने । घर वरपरको वातावरण सफा राख्ने । खुला ठाउँमा सौच नगर्ने । चर्पिको प्रयोग गर्ने ।

७. सफा पानीको सेवन गर्ने ।

८. हेपाटाइटीस बी विरुद्ध खोप लिने । बच्चा जन्मेको डेढ महिनादेखि सुरु गरेर एकएक महिनाको अन्तरमा ३ पटक हेपाटाइटीस बी विरुद्ध खोप लगाउनु पर्छ ।

९. आफूलाई हेपाटाइटीस बी लागेको थाहा पाएपछि महिलाले गर्भाधान नगर्नु बेस । यदि गर्भाधान भएको खण्डमा, सन्तानको जन्म हुने बित्तिक्कै बच्चालाई हेपाटाइटीस बी खोपा लगाउनु पर्छ ।

माथी उल्लेखित लक्ष्ण देखा परेमा चिकित्सकको सल्लाह बमोजिम ओषधीको सेवन गर्नु उपयुक्त हुन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget