हिमानी थाइल्याण्डमा पारसलाई नभेटी किनमेल गरेर फर्केको खुलासा


काठमाण्डु, १२ फागुन– पूर्वयुवराज्ञी हिमानी शाह गत माघ २९ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा जेलमा रहेका पति पूर्वयुवराज पारस शाहलाई भेट्न भन्दै थाइल्याण्ड प्रस्थान गरिन् ।
पाँच दिन बसेर उनी ६ फागुनमा नेपाल फर्किइन् । पूर्वराजाको सचिवालयको हवाला दिँदै अधिकांश नेपाली सञ्चार माध्यमले पारसलाई हिमानीले जेलमै भेटेको समाचार आयो ।

कतिसम्म भने हिमानी देख्ने बित्तिकै पारस भावविहवल भएको समाचार लेख्न लगाइयो । तर हिमानीले रुङखाइ जेलमा रहेका पारसलाई नभेटी स्वदेश फर्किएको खुलासा भएको छ । सासु पूर्वरानी कोमलको जन्मदिन मनाउन हिमानी फागुन ६ गते बैंककबाट काठमाण्डु फर्केकी थिइन् । एक साता बैंककमा बिताउँदामेत मिहानीले पारस भेटिनन् ।



उनले ‘सपिङ’ गरेर एक साता बिताएकी थिइन् । उनी बैंककबाहिरका स्थानमा कहीं पनि गइनन् । बैंकक बसाइका क्रममा हिमानी त्यहाँस्थित नेपाली दूतावासको सम्पर्कमा समेत गइनन् । दूतावासका अधिकारीहरुले हिमानी बैंकक आएको आधिकारिक जानकारी पाएनन् ।
काठमाण्डुबाट स्वकीय सचिव स्मिता सिंह र अर्का एक सहयोगी लिएर गएकी हिमानी बैंककको एउटा होटेलमा बसेकी थिइन् ।

पारस रुङखाइ भन्ने स्थानमा विगत चार महिनादेखि जेलमा बस्दै आएका छन । रुङखाइ बैंककदेखि ७ सय किमिको दूरीमा लाओसको सिमा नजिकै पर्छ । सो ठाउँ पारसकी प्रेमिका कन्निकाको पुख्र्यौली गाउँ हो । उनकी प्रेमिका त्यही ठाँउमा बस्ने गरेकी छन् ।
हिमानी बैंकक आएको र काठमाण्डु फर्केको पत्तै पाएनन् । तर, हिमानी काठमाण्डुमा भने आफूले पारसलाई भेटेर आएको चर्चा चलाउन सफल भइन् ।
कहिले काहीं जान्छन् नेपाली

बैंककमा रहेका नेपालीहरु कहिले काहीं रुङखाइ गएर पारसलाई भेट्ने गर्छन् । हप्तामा एक पटक कन्निकाले पारसलाई भेट्ने गरेकी छन । जेलमा पारसले मुडुलै हुने गरी कपाल खोरिएका छन् । अन्य कैदी सरह उनीलाई खाना दिने गरिएको छ । जेलमा दिइएको खानाले पारसलाई हैरानी भएको उनलाई भेट्न गएका नेपालीहरु बताउँछन । पारस जेलमा बसेपछि परिवारले उनलाई पैसा पठाउन बन्द गरेको छ । जेलमै दिएको पैसाले पारसले गुजारा चलाउने गरेका छन् । प्रेमिकाले भने कहिलकाहीं पैसा दिने गरेकी छन् ।
पारस त्यत्ति ठूलो अपराधमा जेलमा बसेका छैनन् । अदातलमा म्याद गुजारेको अभियोगमा उनी जेल बसेका हुन् । थाइल्याण्ड बस्दा उनी चारपटक गाँजा सेवन गरेको अभियोमगा पक्राउ परेका थिए ।
थाइ कानुमा गाँजाको कारोबारो गर्नेलाई ठूलो अपराध मान्छ । तर सेवनलाई त्यति ठूलो अपराध मान्दैन । पारसले गाँजाको काराबार गरेको प्रमाण फेला परेको छैन । ‘त्यसैले थाइल्याण्डमा समान्य पहल गर्दा पनि पारस रिहा हुन सक्छन’ पूर्वराजानिकट स्रोतले भन्यो । तर काठमाण्डुबाट बैंकक पुगेकी हिमानीले पारसको रिहाइका लागि समान्य पहलसमेत नगर्नुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
पारसलाई परिवारको बेवास्ता

समान्य पहलमै रिहा हुन सक्ने सन्देश बैंककमा रहेका पारसका साथीहरुले काठमाण्डुमा ज्ञानेन्द्रको परिवारलाई पठाइसकेका छन् ।
तर परिवारले पारसलाई छुटाउन कुनै पहल गरेके छैन । काठमाण्डुमा रहेका थाई दूतावसका कर्मचारीहरुसँग पनि पारसको परिवारले सामान्य सोधपुछसमते गरेको छैन । पारस जेलमा नबस्दै धीरेन्द्र पुत्र िशिताष्मा कहिलेकाही्र बैंकक जाने आउने गरेकी थिइन् ।
गत तिहारमा उनले थाइल्याण्डमै पारसलाई भाइटीका लगाइदिएकी थिइन् । तर पारस जेलमा बसेपछि शिताष्माको थाइल्याण्डटआजजाउ पातलिएको छ ।
काठमाडौँ टुडे बाट साभार भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget