धरान–१४ का सागर खड्काले लामो प्रेम गरेर प्रीतिलाई धोका दिएपछि उनले आत्महत्या गरेको भन्दै उनको परिवारले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको छ ।
दश वर्षदेखिको गहिरो प्रेमलाई खड्काले आउँदो वैशाखमा विवाहमा परिणत गर्ने आश्वासन दिएर अर्कै केटीसँग विवाह गर्ने निधो गरेपछि प्रीतिले गत बिहीबार आफ्नै घरमा ‘सुसाइड नोट’ लेखेर आत्माहत्या गरेकी थिइन् ।
आत्महत्या गर्नुअघि प्रीतिले आमाबुवालाई सम्बोधन गर्दै सुसाइड नोट लेखेकी थिइने । ‘म अब हेण्डल गर्न सक्दिन, म राति सुत्न पनि सक्दिनँ, त्यो मान्छेले गर्दा उसले मलाई छोड्यो । मलाइ युजमात्र गर्यो, उनको सुसाइड नोटमा लेखिएको छ, ‘मैले उसलाई विर्सन धेरै कोशिस गरँे तर सकिनँ । त्यसलाई पनि कहिल्यै राम्रो हुदैनँ । मलाई रुवाएर त्यसको भलो नहोस ।'
प्रितीले सुसाइड नोटमा सागरको नाम भने उल्लेख गरेकी छैनन् । प्रीतिका परिवारजनले आइतवार पत्रकार महासंघ सुनसरीको कार्यालय धरानमा पत्रकार सम्मेलन गरी सागरले प्रितीलाई दश वर्षदेखि प्रेम गरेर अन्तिममा अर्कै केटीसँग विवाह गर्ने निधो गरेर शारीरिक तथा मानसिक दिँदा आत्माहत्या प्रीतिले आत्माहत्या गरेको दाबी गरेका छन् ।
खड्कालाई प्रक्राउ गरी कारबाही गर्न प्रीतिका ठुलोबुवा प्रकाश मखियाले पत्रकार सम्मेलनमा माग गरेका छन् । प्रेम गरेर धोका दिनु सामाजिक अपराध भएकाले उनलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने परिवारजनको माग छ ।
सागरमाथि कारबाही माग गर्दै प्रीतिका परिवारले गरेको पत्रकार सम्मेलन
प्रीतिकी दिदी भावनाले बहिनीले आत्महत्या गरेको दिन पनि सागरले फोन गरी परिवारका अन्य सदस्यलाई धम्की दिएको आरोप लगाएकी छिन् । पत्रकार सम्मेलनमा खड्का र प्रीतिले सँगै खिचेका फोटो पनि सार्वजनिक गरिएको थियो ।
सागरले भने प्रीति सानै उमेरदेखि साथी भएपनि आफनो प्रेम सम्बन्ध नभएको बताएका छन् । ‘प्रीति मिल्ने साथी भएकाले उसको घरमा बेलाबेलामा जाने गरेको थिएँ’, सागरले भने, ‘प्रीतिले आत्माहत्या गरेपछि मेरो बदनाम गर्न परिवारका व्यक्ति सक्रिय छन् ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले आरोपित खड्काले प्रीतिको आत्महत्याको विषयमा प्रितीका परिवारका सदस्यलाई गाली गरी सार्वजनिक अपराध गरेकाले उनलाई सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरी कारबाही गर्ने बताए । उनले खड्का फरार रहेकाले खोजी गरिरहेको जानकारी दिएका छन् ।
Post a Comment