Latest Post



Watch an exclusive interview video by canadaNepal with popular and well known fortune speaker Sabita Acharya ‘Nepali Mata’ Sharu Acharya is a professional in jyotish service and other spiritual power related tasks. she is giving her services to her victim customer, in jyotish prediction introduce spiritual power and solution of problem occurred by astrological side or divine side. Nepali Mata have many prove of man who visit her or get solution from her baidik method. Nepali Mata do work in 100% security and in believe that is her main specialty or other special things and services and products suggestion have no value that she can’t describe in some words.
npnewsportal

सप्तरी, माघ १८ । नेपाली कांग्रेसको राजविराज नगर अधिवेशन बिथोल्न खोज्ने संयुक्त मधेसी मोर्चा र कांग्रेस कार्यकर्ताबीच सोमबार राजविराजमा झडप भएको छ ।

राजविराज–४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्रांगणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बिथोल्न खोज्दा झडप भएको हो ।

मोर्चाका नेता तथा कार्यकर्ताले निर्वाचनस्थलमा अवरोध पुर्‍याउन थालेपछि कांग्रेसका कार्यकर्ता प्रतिकारमा उत्रेका थिए ।

सोहीक्रममा भएको झडपमा युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक तारकेश्वर यादव घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सो घटनाको कारण राजविराज तनावग्रस्त रहेको छ ।

अहिले त्यहाँ व्यापकरुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, राजविराज नगरपालिकाको गजेन्द्रचोक, सहिददर्शन चोकलगायतका विभिन्न स्थानमा बिहानैदेखि मोर्चाले टायर बालेर विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

कांग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् । सचिवमा दीपक चौधरी र शत्रुध्नप्रसाद साह तथा कोषाध्यक्षमा विमल श्रेष्ठ र मेराज अन्सारी प्रतिस्पर्धामा उत्रेको बताइएको छ ।

यसअघि, सप्तरीको विभिन्न गाविसमा आयोजित कांग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताले बिथोलेका थिए । रासस
imagekhabar

जनकपुरधाम, माघ १८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् ।

कांग्रेस नेताले मधेसको मागविपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन दिनदेखि कांग्रेसका नेताविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका छन् ।

कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाको आवासलाई लक्षित गरी भएको विरोध कार्यक्रमका क्रममा प्रहरी र आन्दोलनकारी झडप भएपछि आक्रोशित भीडले निधिको घरमा आगजनी गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुुसार आगजनीबाट घरमा राखिएको एउटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।

यसैबीच, मोर्चाले सोमबार जनकपुर क्षेत्र बन्द गरी चोकचोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । रासस

राजविराज १८ माघ । सप्तरीको राजविराजमा नेपाली काँग्रेस र मधेशी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । झडपमा मोर्चाका नेताहरु घाइते भएका छन् ।

स्थानीय पत्रिका न्यूज टुडेका अनुसार नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन बिथोल्ने क्रममा मधेशी मोर्चा र काँग्रेसका कार्यकर्ता बीच सोमवार झडप भएको छ ।

राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दै अवरोध पुर्याएका छन् । मोर्चाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन स्थलमा अवरोध पुर्याउन थालेपछि काँग्रेसका युवाहरुले समेत प्रतिकार गरेका छन् । सोही क्रममा भएको झडपमा युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक तारकेश्वर यादव समान्य घाइते भएका छन् ।

मोर्चाले नगर अधिवेशन हुन नदिन निर्वाचन स्थलको मूल गेटमा नाराबाजी जारी राखेका छन् । यसैगरी राजविराज नगरपालिकाको गजेन्द्रचौक, सहीद दशन चौकलगायतका स्थानहरुमा बिहानैदेखि मोर्चाले टायर बालेर प्रदर्शन जारी राखेका छन् ।

काँग्रेसको नगर सभापतिमा प्रभातकुमार ललन र शम्भुलाल देवले उम्मेदवारी दिएका छन् । सचिवमा दिपक चौधरी र शत्रुध्न प्रसाद साह तथा कोषाध्यक्षमा बिमल श्रेष्ठ र मेराज अन्सारी प्रतिष्पर्धामा उत्रेका छन् । यसअघि सप्तरीको विभिन्न गाविसहरुमा आयोजित काँग्रेसको गाउँ अधिवेशनलाई मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिथोलेका छन् । यद्यपी कतिपय स्थानहरुमा भने निजी घरमा गाउँ समितिको अधिवेशन सम्पन्न भएको छ ।
हुलाकी न्यूज

काठमाडौं, १८ माघ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने एक भारतीय उच्च अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासका उच्च अधिकारी एवं कुटनीतिज्ञलाई मापसे गरी सवारी चलाएको र होहल्ला गरेको आरोपमा आइतबार राति ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो
।
प्रहरी उच्च स्रोतका अनुसार भारतीय राजदूतावासका अधिकारी अभय त्यागीलाई राति ११ बजेतिर नियन्त्रणमा लिइएको हो । उनले मापसे चेकजाँच गरिरहेका ट्राफिक प्रहरीलाई उल्टै ‘म भारतीय दूतावासको कर्मचारी’ भन्दै फूर्ती लगाएर बबण्डर मच्चाएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
भारतीय राजदूतावासको कर्मचारी भनेर फूर्ती हान्ने अभयलाई नियन्त्रणमा लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ । अभयलाई नेपालमा भारतको कुटनीतिज्ञ सरह मानिन्छ । राजदूतावासको मान्छे भनेर फूर्ती लगाउँदा आक्रोशित ट्राफिक प्रहरीले उनको लाइसेन्समा प्वाल पारिदिएको छ भने एक हजार रुपैयाँ जरिवाना पनि तिराएको छ ।
तर, उनलाई प्रहरीले मापसेअन्तर्गत दिइने क्लास भने दिएन् । कुटनीतिक मर्यादाअनुसार एक देशले अर्काे देशको कुटनीतिज्ञलाई सम्मान गर्ने नियमअनुसार उनलाई जरिवाना मात्रै गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अभयलाई जरिवाना गरेर ट्राफिक प्रहरीले पहिलोपटक भारतीय उच्च अधिकारीलाई कारवाही गरेको हो ।
dainiknepal

 नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान राजू रिजाल २४ वर्षभन्दा माथि रहेको एक भारतीय क्रिकेटरले दाबी गरेका छन् । आफूसँगै खेलेको भन्दै ती क्रिकेटरले रिजालले आफ्नो उमेर ढाँटेको दाबी गरेका छन् ।
भारतीय क्रिकेटरले नेपाली कप्तानका विषयमा अनावश्यक टिप्पणी गरेपछि ती क्रिकेटरमाथि अहिले नेपालीहरु खनिएका छन् । कौस्तभ पवार नामका ति क्रिकेटरले राजू रिजालले आफूसँगै मुम्बईमा यू–१५ का म्याचहरु खेलेको दाबी गरेका छन् । उनले त्यतिबेला एकसाथ खेल्ने अन्य खेलाडीहरुको उमेर झन्डै लगभग २४–२५ वर्षको रहेको भन्दै नेपालका कप्तानको वास्तविक उमेर पनि त्यति नै भएको दाबी गरेका छन् । मुम्बईमा छदाँ राजु रिजालले राजू शर्माको नामबाट खेल्ने गरेको उनको आरोप छ ।

को हुन् कौस्तभ पवार ?
कौस्तभ पावारले सन् २०११–१२ को सिजनबाटै व्यवसाहिक क्रिकेट सुरु गरेका थिए । उनले पहिलो सिजन मुम्बईमा आबद्ध भएर भारतको फस्ट क्लास घरेलु प्रतियोगिता रन्जी ट्रफी खेले । उनको फेसबुक एकाउन्टमा जन्ममिति १९९० उल्लेख छ । जसको अर्थ अहिले उनी २६ वर्षको भए । क्रिकेट सम्बन्धि वेभ पोर्टल क्रिकइन्फो डटकममा उनले भारतीय स्टार रोहित शर्मासँगै सन् २०११ मा मुम्बईबाट खेलेको उल्लेख छ । उनी दायाँ हाते ब्याटस्म्यान तथा बलर हुन् । १७ वटा फस्ट क्लास म्याच खेल्दासम्म ३ शतक र ५ अर्धशतक प्रहार गर्दै ४२ दशमलव ३२ को औसतमा १ हजार ५८ रन बटुलेको उनको फेसबुक एकाउन्टमा उल्लेख छ ।
यो विषयलाई क्रिकेट कन्ट्री नामक अनलाइनले समेत समाचार बनाएको छ ।
.ratopati

एजेन्सी  ।नेपाल र भारत विच भएको खेलमा भारत विकेटले  बिजयी भएको छ । वलिङतर्फ भारतका आभेश खानले ३ तथा मयंक डगर र जासिङटन सुन्दरले २/२ विकेट लिएका थिए  ।
बलियो प्रतिद्वन्दी भारतबिरुद्ध सुरुवातदेखि नै नेपाल कमजोर देखिएको थियो ।
यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाले भारतसामु १७० रनको विजय लक्ष्य पेश गरेको थियो । मिरपुरस्थित शेर ए बंगला रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र जोड्न सकेको थियो ।
नेपालको ब्याटिङमा मुख्य योगदान गर्नेहरुमा  ओपनर सन्दिप सुनार, आरिफ शेख, राजवीर सिंह र प्रेम तामाङको पर्छन्  । नेपालका लागि सुनारले सर्वाधिक ३७ रन बनाउदा आरिफले २६, राजवीरले ३५ र प्रेम तामाङले अविजित २९ रन ल्याएका थिए ।
यसै क्रममा भारतको विजयी संगै १० /१२ जनाको एक भिडले  भारत विरुद्द नाराबाजी गरेका छन्  । त्यो भिड कहाँको भने अहिले सम्म खुली नसकेको प्रहरीले जनाएको छ   ।
nepalsandesh


काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतविरुद्ध बलिङ गरिरहेको छ ।
खेलमा नेपालले भारतको महत्वपूर्ण विकेट झारेको छ । ३९ बलमा ३ छक्का र ७ चौकासहित ५२ रन बनाएका इशान खानलाई नेपाली बलर सन्दिप लामिछानेले आउट गरेका छन् । यसअघि प्रेम तामाङले भारतका दुई विकेट झारिसकेका छन्

काठमाडौं : जवाफी ब्याटिङ गरिरहेको भारतको एक विकेट झरेको छ । १७० रनको लक्ष्य पछ्याउँदै नेपालविरुद्ध धुवाँधार ब्याटिङ गरिरहेको भारतका रिसब पन्त ७८ रनमा आउट भएका हुन् ।

नेपालविरुद्ध १८ बलमा अर्धसतक ठोकेका उनले २४ बलमा ७८ रन बनाएको अवस्थामा आउट भएका हुन् ।

रिसबलाई प्रेम तामाङले पेभेलियनको बाटो देखाएका हुन् । भारतले अहिले ११ ओभरमा एक विकेट गुमाउँदै १३४ रन बनाइसकेको छ ।

भारतले नेपालविरुद्ध चौका र छक्काको वर्षा नै गरिरहेको छ । उसले सबैजसो नेपाली बलरलाई असफल बनाउँदै खेल एकपक्षीय बनाएको छ ।

भारतका लागि दोस्रो क्रमका ब्याट्सम्यान इशान कृष्णले ३८ बलमा ५१ रन बनाइसकेका छन् ।
annapurnapost

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget