नेपालका यु–१९ कप्तान २४ वर्षमाथि रहेको भारतीयको दाबी

 नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान राजू रिजाल २४ वर्षभन्दा माथि रहेको एक भारतीय क्रिकेटरले दाबी गरेका छन् । आफूसँगै खेलेको भन्दै ती क्रिकेटरले रिजालले आफ्नो उमेर ढाँटेको दाबी गरेका छन् ।
भारतीय क्रिकेटरले नेपाली कप्तानका विषयमा अनावश्यक टिप्पणी गरेपछि ती क्रिकेटरमाथि अहिले नेपालीहरु खनिएका छन् । कौस्तभ पवार नामका ति क्रिकेटरले राजू रिजालले आफूसँगै मुम्बईमा यू–१५ का म्याचहरु खेलेको दाबी गरेका छन् । उनले त्यतिबेला एकसाथ खेल्ने अन्य खेलाडीहरुको उमेर झन्डै लगभग २४–२५ वर्षको रहेको भन्दै नेपालका कप्तानको वास्तविक उमेर पनि त्यति नै भएको दाबी गरेका छन् । मुम्बईमा छदाँ राजु रिजालले राजू शर्माको नामबाट खेल्ने गरेको उनको आरोप छ ।

को हुन् कौस्तभ पवार ?
कौस्तभ पावारले सन् २०११–१२ को सिजनबाटै व्यवसाहिक क्रिकेट सुरु गरेका थिए । उनले पहिलो सिजन मुम्बईमा आबद्ध भएर भारतको फस्ट क्लास घरेलु प्रतियोगिता रन्जी ट्रफी खेले । उनको फेसबुक एकाउन्टमा जन्ममिति १९९० उल्लेख छ । जसको अर्थ अहिले उनी २६ वर्षको भए । क्रिकेट सम्बन्धि वेभ पोर्टल क्रिकइन्फो डटकममा उनले भारतीय स्टार रोहित शर्मासँगै सन् २०११ मा मुम्बईबाट खेलेको उल्लेख छ । उनी दायाँ हाते ब्याटस्म्यान तथा बलर हुन् । १७ वटा फस्ट क्लास म्याच खेल्दासम्म ३ शतक र ५ अर्धशतक प्रहार गर्दै ४२ दशमलव ३२ को औसतमा १ हजार ५८ रन बटुलेको उनको फेसबुक एकाउन्टमा उल्लेख छ ।
यो विषयलाई क्रिकेट कन्ट्री नामक अनलाइनले समेत समाचार बनाएको छ ।
.ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget