यी हुन् मापसे गरेर काठमाडौंमा बबण्डर मच्चाउने भारतीय दूत, प्रहरीले मध्यराति समात्यो

काठमाडौं, १८ माघ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने एक भारतीय उच्च अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासका उच्च अधिकारी एवं कुटनीतिज्ञलाई मापसे गरी सवारी चलाएको र होहल्ला गरेको आरोपमा आइतबार राति ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो

प्रहरी उच्च स्रोतका अनुसार भारतीय राजदूतावासका अधिकारी अभय त्यागीलाई राति ११ बजेतिर नियन्त्रणमा लिइएको हो । उनले मापसे चेकजाँच गरिरहेका ट्राफिक प्रहरीलाई उल्टै ‘म भारतीय दूतावासको कर्मचारी’ भन्दै फूर्ती लगाएर बबण्डर मच्चाएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
भारतीय राजदूतावासको कर्मचारी भनेर फूर्ती हान्ने अभयलाई नियन्त्रणमा लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ । अभयलाई नेपालमा भारतको कुटनीतिज्ञ सरह मानिन्छ । राजदूतावासको मान्छे भनेर फूर्ती लगाउँदा आक्रोशित ट्राफिक प्रहरीले उनको लाइसेन्समा प्वाल पारिदिएको छ भने एक हजार रुपैयाँ जरिवाना पनि तिराएको छ ।
तर, उनलाई प्रहरीले मापसेअन्तर्गत दिइने क्लास भने दिएन् । कुटनीतिक मर्यादाअनुसार एक देशले अर्काे देशको कुटनीतिज्ञलाई सम्मान गर्ने नियमअनुसार उनलाई जरिवाना मात्रै गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अभयलाई जरिवाना गरेर ट्राफिक प्रहरीले पहिलोपटक भारतीय उच्च अधिकारीलाई कारवाही गरेको हो ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget