एजेन्सी ।नेपाल र भारत विच भएको खेलमा भारत विकेटले बिजयी भएको छ । वलिङतर्फ भारतका आभेश खानले ३ तथा मयंक डगर र जासिङटन सुन्दरले २/२ विकेट लिएका थिए ।
बलियो प्रतिद्वन्दी भारतबिरुद्ध सुरुवातदेखि नै नेपाल कमजोर देखिएको थियो ।
यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाले भारतसामु १७० रनको विजय लक्ष्य पेश गरेको थियो । मिरपुरस्थित शेर ए बंगला रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र जोड्न सकेको थियो ।
नेपालको ब्याटिङमा मुख्य योगदान गर्नेहरुमा ओपनर सन्दिप सुनार, आरिफ शेख, राजवीर सिंह र प्रेम तामाङको पर्छन् । नेपालका लागि सुनारले सर्वाधिक ३७ रन बनाउदा आरिफले २६, राजवीरले ३५ र प्रेम तामाङले अविजित २९ रन ल्याएका थिए ।
यसै क्रममा भारतको विजयी संगै १० /१२ जनाको एक भिडले भारत विरुद्द नाराबाजी गरेका छन् । त्यो भिड कहाँको भने अहिले सम्म खुली नसकेको प्रहरीले जनाएको छ ।
nepalsandesh
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.