Latest Post

होसियार ! फास्ट ट्रयाकमा खरब भ्रष्टाचार हुँदैछः पूर्व मुख्य सचिव
चितवन-काठमाडौंलाई तराईसँग जोड्ने द्रुत मार्ग (फाष्ट ट्रयाक) बनाउन भारतीय कम्पनीलाई जिम्मा दिदा खरब रुपैयाँसम्म भ्रष्टाचार हुने खतरा रहेको पूर्व मुख्य सचिव लिलामणि पौडेलकाे भनाइ छ।

'अहिलेसम्म लाख वा करोड रुपैयाँ भ्रष्टाचार भएको सुन्नु भएको थियो, यो यस्तो आयोजना हो जसमा खरब रुपैयाँभन्दा माथि भ्रष्टाचार हुँदै छ' मंगलबार बिहान भरतपुरमा भएको कार्यक्रममा पौडेलले भने।

सबै क्षेत्रबाट विरोध भएपनि फाष्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनी इन्फास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस लिमिटेड (आईएल एण्ड एफएस)लाई दिने प्रयास जारी नै रहेकाे उनले खुलाए। अधिकतम ९० अरब रुपैयाँ खर्च गरेर बन्ने मार्गमा कम्पनीले सवा सय अरब लगानी गर्ने बताएको पौडेलको भनाइ छ।

सवासय अरब लगानी गर्ने कम्पनीले आठसय अरब रुपैयाँ प्रतिफल लैजाने तयारी गरेको उनले बताए। 'त्यसैले यो परियोजनामा चानचुने होइन खरब रुपैयाँ नै भ्रष्टचार हुँदै छ' पौडेलले भने। नागरिक समाज चितवनले अयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पौडेलले यस्तो धारणा राखेका हुन्। नेपाल आफैले बनाउन सक्ने परियोना कमिसनकै चक्करमा भारतीय कम्पनीलाई सुम्पन थालेको उनले बताए।

'म मुख्य सचिव हुँदै ज्यान कै जोखिम मोलेर चार पेज पत्र लेखेर यो परियोना भारतलाई नदिन प्रधानमन्त्रीलाई जानकारी गराएकै हुँ, म रहदासम्म पारित गर्न ल्याउने आँट कसैले गरेन।' उनले भने 'अलिहे कमिसनको खेलमा उसैलाइ जिम्मा लगाउन ज्यान फालेर लागेका छन्।' उनले देश जोखिममा परेका बेलामा यस्ता आयोजनाको लुछाचुडीमा नभुल्न दलहरुलाई अपिल गरे।

'दक्षिण एसियामा सबैभन्दा पुरानो राष्ट्र नेपालकै अस्तित्व मेट्ने गरेर धेरै ठूलो डिजाइन तयार भएका छन्, यस्तो बेलामा नेताहरु लालची हुन भएन। संविधान निर्माणका बेलाको जस्तो एकता नदेखाए देशकै नामोनिसान गुम्ने खतरा छ।' पौडेलले भने। उनले यस्तो बेलामा नेताको खवरदारी नगरे पछुताउने दिन पक्कै आउँछ भन्दै विभिन्न पार्टीका कार्यकर्ता र अाम नागरिकलाई सजग हुन अनुरोध गरे।

सुगौली सन्धियताका विभिन्न समस्याहरु थुप्रदै थुप्रदै अहिले यस्तो विष्फोटक अवस्थामा आएको उनले बताए। 'त्यसैले यो समस्याबाट निस्कन कुनै छोटो बाटो, जादु वा अचुक फर्मुला केही छैन।' उनको भनाइ थियो 'प्रत्येक नागरिकमा नैतिकता, इमान्दारी, मिहनेत गर्ने परिपाटी, अनुशासन र जोखिम उठाउने हैसियत तथा त्यागको भावना भएमा मात्रै हामी सही बाटोमा आउँछौं।'

नेपालमा नाकाबन्दी लगाइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ठूलो संकटमा फसेका छन् ।नेपालको संविधानमा असन्तुष्टि जनाएर संशोधन गर्न सुझाव दिने मोदी आफ्नो गृहनगर गुजरातमा भड्किएको हिंसा रोक्न असफल हुने चिन्ताले पद नै शंकटमा परेको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् । गुजरातमा भड्किएको हिंसाकै कारण मोदीका एक नेताको उनको घर नजिकै हत्या भएको छ । स्थानीय युवाहरुले भारतीय जनता पार्टीका महामन्त्री ४५ वर्षीय कपूरचन्द ठाकरेलाई कुटेर हत्या गरेको समाचारमा जनाइएको छ ।

मध्यराति दुई युवाको कुटपिटबाट घाइते ठाकरेको आइतबार उपचारका क्रममा नागपुरको निजी अस्पतालमा मृत्यु भएको थियो । यो घटनापछि गुजरातको सिवनीको जिल्लाको बरघाट सहर तनावग्रस्त बनेको छ । आफ्ना नेताको हत्या भएपछि सिवनी जिल्लाका गाउँ गाउँबाट कार्यकर्ता बरघाट पुगेर प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित कार्यकर्ताले सिवनी जिल्ला कलेक्टरको कारमा तोडफ़ोड गरेर जलाइदिएका छन् । स्थिती नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले बरघाट बजारमा सोमबार बेलुकादेखि अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।

घाट पुलिस थाना प्रमुख गनपत सिंहले बरघाटदेखि उत्तर-दक्षिण, पूर्व पश्चिममा २२ किलोमिटर दुरीमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको बताए । आफ्ना नेताको हत्या भएपछि आक्रोशित कार्यकर्ताले सडकमा उत्रिएर सोमबार साँझै बरघाट नगरको पुरै बजार बन्द गराएका थिए । सिवनी जिल्लाका प्रहरी प्रमुख अधिक्षक आरपी सिंहले भाजपा महामन्त्री ठाकरेको हत्यामा संलग्न दुई युवालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । स्थिती सामान्य बनाउन सार्वजनिक आम नागरिकलाई सार्वजनिक रुपमै प्रशासनले अपील गरेको बताए । तर पनि यो विषयमा मोदी केही बोलेका छैनन् । यसअघि पनि गुजरातमा पटेल समुदायले आन्दोलन गरेको थियो । जसका अगाडि मोदी सरकार झुकेको थियो । दैनिक नेपालमा खबर छ ।


काठमाडौँ, १९ असोज । भारतले नेपालमा लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् ।
साथै नेपालस्थित विकासका स्थानीय साझेदारहरु रहेका उनी(देश)हरुले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवम् वितरणको व्यवस्था मिलाउन नेपालले भारतसँग गरेका प्रयासको समर्थन गरेका छन् ।
युरोपेली सङ्घ, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, नर्वे र स्विट्जरल्यान्डका
नेपालस्थित काठमाडौंमा रहेका नियोगका प्रमुृखहरूले आज संयुक्त रुपमा एक वक्तव्य जारी गरी अहिलेको असहज अवस्थाबाट तराई र अन्य क्षेत्रका अत्यन्त निर्धन वर्ग प्रभावित भएका बताउनुभएको छ ।
अस्थायी आवासको जोहो र सन्निकटको शिशिर याममा आफूलाई अनुकूलन तुल्याउन सर्वसाधारणलाई अत्यावश्यक सामग्रीको आवश्यक परेको भन्दै वक्तव्यमा उहाँहरूले अहिलेको असहज परिस्थितिको शीघ्र अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ ।
उत्तरदायित्व र सहमतिको भावनाका साथ थालिएको वार्तालाई परिणाममुखी तुल्याउन उहाँहरूले सम्बद्ध सबैलाई प्रोत्साहन गर्नुभएको छ । रासस

काठमाडौँ, १९ असोज । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध ह्याकरहरुले भारतका सयभन्दा वेबसाइट ह्याक गरिदिएका छन् । ‪#‎opbackoffindia‬ भन्दै नेपालका केही ह्याकरले सुरु गरेको यो अभियानमा अन्य देशका ह्याकरहरु पनि संगठित भएका छन् ।



भारतीय हस्तक्षेपविरुद्ध हामी नेपालसँगै छौ भन्दै पाकिस्तान, बंगलादेश, अफगानिस्तान, फिलिपिन्स र इन्डोनेसियाका ५० भन्दा बढी ह्याकरहरुको प्रयासमा केही दिनदेखि भारतीय बेवसाइटमा आक्रमण भइरहेको छ ।

यो संख्या अझ ठूलो हुने उनीहरुले चेतावनी दिएका छन् । केही दिनअघि भारतीय ह्याकरले backoffindia ट्रेन्डिंगविरुद्द बदला लिंदै नेपाल पत्रकार महासंघ लगायतका नेपाली साइटमा आक्रमण गरेका थिए । ‪#‎Cyber_war‬ ?



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण भेटघाटमा समय बित्नेछ,सहयोगीहरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा सुधार आउनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कें केतवे नमः यो मन्त्र २७ जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।




वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
निकै उत्साहदायक दिन रहनेछ,पुराना साथी संगको भेटघाटले नंया उर्जाको प्रबाह हुनेछ,आर्थिक कारोबारमा उल्लेख्य सुधार आउनेछ, प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय व्यतित हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब इष्टदेबको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।




मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने अबस्था आउनेछ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।




कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
मनोरंजानात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक सुधार हुने समय छ,सहोदरमा खटपट आउन सक्छ आजको लागि शुभ अंक १,शुभ रंग छिर्केमिर्के हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम शिवाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।






सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ,हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ,आजको लागि शुभ रंग रातो,शुभ अंक २ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ बृं बृहस्पतये नमःयो मन्त्र उच्चारण गरेर अगाडी बढे सफलता मिल्नेछ ।






कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।




तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कुलदेबताभ्यो नमः यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।






वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात  हुनसक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नुपर्ने समय छ,आजको लागि शुभ अंक ५,शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ रां राहबे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।






धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा निकै सफलता हात लाग्नेछ आजको लागि शुभ अंक ४,शुभ रंग घ्यु रंग हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ नमो भगवते बासुदेबाय यो मन्त्र १२ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ।






मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ, बिपरित लिंगी संग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ,आजको लागि शुभ अंक ७ शुभ रङ्ग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक जपेर अगाडी बढे शुभ हुनेछ।




कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी भइएला,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ आजको लागि शुभ अंक २,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुमार कार्तिकेय भगवानको स्मरण दर्शन पूजा गरेर अगाडी बढे राम्रो हुनेछ।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने अवस्था छ,पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ, आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबादबाट टाढा रहनु होला,आजको लागि शुभ अंक १ शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवती देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

एजेन्सी । संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भन्ने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

काठमाण्डु, १८ असोज– झण्डै एक साता नेपालमा चलखेल गरेर दिल्ली पुगेका भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारी एबी माथुर प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा फेरि काठमाण्डु आएका छन् ।
Modi 123
नेपालको राजनीतिक अवस्थाबारे प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजलाई ‘ब्रिफिङ’ गरेर पुनः नेपाल फर्केका हुन् ।
उच्च स्रोतका अनुसार मोदीसहित भारतीय अधिकारीले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीलाई हुन नदिने ‘टास्क’ सुम्मिएर माथुरलाई दोश्रोपटक नेपाल पठाएका हुन् ।
बहुमतीय प्रधानमन्त्री चयन नहुँदासम्म माथुर काठमाण्डुमा डेरा जमाएर बस्नेछन् । माथुर काठमाण्डुमा रहेकोबारे कमै मात्र राजनीतिक नेतृत्व र सुरक्षा अधिकारी जानकारी छन् ।
नेपालको जासुसी संयन्त्रले समेत माथुर नेपाल आएको दुई दिनपछि मात्र चाल पाएको थिथो । राजधानीको एक पाँच तारे होटलमा बसेर राजनीतिक चलखेल गरिरहेका छन् ।
माथुरले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, हालै एमाओवादी छाडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा मधेसवादी नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र विजयकुमार गच्छदारलाई बारम्बार भेट्ने गरेका छन् ।
अघिल्लो पटकको बेनाप बसाइमा माथुरले सबै नेतालाई प्रधानमन्त्री बनाइदिने भन्दै लोभ्याउन खोजेका थिए ।
तर शेरबहादुर देउवाबाहेक दिल्लीको ‘फुटाऊ र राज गरको चालबाजी’ बुझेका नेताहरु कोही पनि उनको झुठो आश्वासनका पछि लागेनन् ।
यो पटक भने उनी मधेस मुद्धालाई दिल्लीको चाहनाअनुसार सम्बोधन गराउने र आफू अनुकुलको प्रधानमन्त्री नियुक्ति गराउन प्रयासरत छन् । कतिपय नेतासँग उनले केपी ओलीलाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिने प्रष्ट बताउन थालेका छन् ।

 रुपन्देहीमा पर्ने नेपाल–भारतको सीमा बेलहियामा मधेशी मोर्चा तथा प्रहरीवीच सोमवार पनि झडप भएको छ । झडमा परि नेपाल प्रहरीका डिएसपी सहित ८ जना प्रहरी घाईते भएको प्रहरीले जनाएको छ । मधेशी मोर्चाको नेता तथा कार्यकर्ता सीमामा धर्ना बस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तनाव भएको हो । भारततर्फ र
दशगजा क्षेत्रबाट नेपाल प्रहरीमाथी ढुंगा प्रहार भएको थियो । दिउसो १ बजे सीमामा आएका मधेशी मोर्चाका नेता एवम कार्यकर्ता दशगजा क्षेत्र नाघी धर्ना बस्न खोजेपछि प्रहरीले धरपकड गरेको छ । प्रहरीले मधेशी कार्यकर्तालाई समात्न खोजे पछि दशगजा क्षेत्रमा रहेका मधेशी कार्यकर्ताहरुले करिब आधा घण्टा प्रहरीमाथी ढुङ्गा हानेका थिए । आन्दोलनकारीको ढुङ्गा लागी रुपन्देहीका डिएसपी रामेश्वर कार्की, प्रहरी हवाल्दार कमल भट्टराई, प्रहरी जवान पूर्ण बहादुर थापा, रामकिसुन यादव लगायतका प्रहरी घाईते भएका छन । आन्दोलनकारीले प्रहरीमाथी ढुङ्गा र गुलेलीबाट समेत प्रहार गरेका बताएको छ । झडप पछि सीमाको अवश्था केही बेर तनाव उत्पन्न भएको थियो । झडपका कारण बिहान देखी सामान्य रुपमा आईरहेका मालबाहक ट्रकहरु भारततर्फ नै रोकिएर रहेका छन । सोमबार दिउसो सम्म ३० वटा सवारी मात्र आएको ईलाका प्रहरी कार्यालय बेलहियाले जानकारी दिएको छ । आईतबार पनि मोर्चाको प्रदर्शनको कारण सीमामा केही बेर झडप भएको थियो ।

नेपाली राजनीतिमा केही गर्न सक्नेलाई कसरी विदेशी शक्तिले लोभ देखाउँछ र पाखा लगाइदिन्छ भन्ने उदाहरण देखेर केही दिन यता गम खाइरहेको छु ।
एक
नेपाली कम्युनिस्ट राजनीतिमा अशोक राई पूर्वी नेपालका खम्बा थिए । फराकिलो भिजन भएका जनजाति पृष्ठभूमि भएका र देश बनाउन सक्छु भन्ने आँट भएका उनी एमालेको अध्यक्ष बन्ने सम्भावनामा पुगिसकेका थिए ।
गएको वर्ष केपी ओली र माधव नेपाल अध्यक्ष बन्ने प्रतिस्पर्धामा उनी तेस्रो थिए । अशोक भएका भए यी दुई मध्ये एकजनाले अशोकलाई समर्थन गर्न कर लाग्थ्यो । एमाले अध्यक्षमा अशोक चयन हुने वित्तिकै आज उनी सजिलै देशको प्रधानमन्त्री हुन्थे ।
यो कुरा विदेशी शक्तिले धेरै अघि नै बुझिसकेका थिए । कुनै जनजाति नेता यो देशको प्रधानमन्त्री भयो भने यहाँ वर्षौदेखि तयारी गरिएको धर्मनिरपेक्षता र जातिवादी राजनीति लाद्न सकिदैन भन्ने कुरा उनीहरुले बुझिहाले । विचरा सोझो राईले यो कुरा बुझ्न सकेनन् ।
उनको वरपर विदेशी शक्तिले यस्ता व्यक्ति जम्मा गरिदिए, जसले जनजाति भएकै कारण तिमीलाई यी बाहुनहरुले पछाडि पारे भनेर कान फुकिरहे । नभन्दै उनले पार्टी छाडे । उनी अध्यक्ष भएर खोलेको नयाँ पार्टी संघीय समाजवादी दलले गएको संविधानसभामा प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन । अहिले फोरम नेपालसँग एकीकरण गरेपछि उनी शून्यमा विलाएका छन् ।
अशोकको कान फुक्नेहरु, तिमीहरुले आफ्नो स्वार्थका लागि अशोक राई जस्तो देशको राजनीति बुझेको परिपक्व नेतालाई किन भनेनौ, यहाँ अरु धेरै बाहुनहरु एमालेमा पछाडि परेका छन् । उनीहरुलाई किन विदेशीहरुले नयाँ पार्टी खोल्न पैसा दिएनन् ? तिमीलाई पछाडिबाट हात थाप्नेहरुलाई तिम्रो स्वार्थ के हो र मलाई यत्रो सहयोग गर्छु किन भनिरहेका छौ ?
यो प्रश्न गर्ने मानिस कोही भएनन् । किनभने अशोकलाई एमालेबाट नहाटाइ उनीहरुको राजनीतिक अभिष्ट पुरा हुँदैनथ्यो ।
दुई
नेपाली कांग्रेसभित्र तीन मधेसीहरु निकै अघि बढेका थिए, महन्थ ठाकुर, डा. रामबरण यादव र विजय गच्छेदार । यी मध्ये कांग्रेसभित्र मधेस थाम्ने एकमात्र नेता थिए महन्थ ठाकुर । मधेसमा अचानक शक्ति बढेका उपेन्द्र यादवको कम्युनिस्ट छविबाट आत्तिएको पश्चिमा शक्तिले विजय गच्छेदार र महन्थ ठाकुरलाई कांंग्रेसबाट अलग गरिदियो ।
विजय गच्छेदार निकै बाठा नेता भएकाले उनले मधेसमा पनि आफ्नो स्पेस बनाएर छाडे तर महन्थ ठाकुरले निर्वाचन मात्रै हारेनन्, मधेसका लागि पनि खासै केही दिन सकेनन् । उनी कांग्रेसमा भएका भए अहिले रामबरणको ठाउँमा राष्ट्रपति हुन्थे । नत्र अहिलेको परिस्थितिमा उनी प्रधानमन्त्रीको दावेदार मध्ये एक हुन्थे । वास्तवमा महन्त ठाकुर कुनै बेला देशकै निर्विवाद नेता थिए । असल छवि भएका कारण उनलाई सबैले स्वीकार गर्ने परिस्थिति थियो ।
अहिले उनकै दलका कारण भारतले नाकाबन्दी गरेपछि उनको छवि धुलिसात् भएको छ । उनको राष्ट्रिय नेताको छवि खुम्चिएर तराईका केही जिल्लामा सीमित भएको छ । तराईलाई आफ्नो हातमा लिन भारतले असल छवि भएका एक नेताको सम्पूर्ण राजनीतिक संघर्षलाई खरानी बनाएको छ ।
मधेसका महिसा भनिनेहरु, देशकै नेता बन्ने हैसियत बनाएको एउटा मधेसीलाई किन तिमीहरुले घुम्च्याएर लिलिपुट बनायौं ? आफ्नो स्वार्थका लागि एउटा असल व्यक्तिको बद्नाम किन गर्‍यौ ?
तीन
भनिरहनु पर्दैन, यी तेस्रा व्यक्ति डा.बाबुराम भट्टराई हुन् । धेरै जनताले विश्वास गरेका, पढेलेखेका, अध्ययनशील डा.बाबुराम भट्टराई अचानक खलनायक भएका छन् । यो खलनायक छवि उनी आफैले बनाएका हुन् । अहिले उनी अरुलाई दोष दिदै हिड्छन् । खासमा उनी अशोक राई र महन्थ ठाकुरको पथमा छन् ।
माओवादीमा उनीसँगै काम गर्ने समकालीन साथी, कार्यकर्ता देखि लिएर पत्रकारहरु समेतलाई उनको विगतमा भारतीय खुफिया एजेन्सीसँगको साँठगाँठ र अहिले त्यही एजेन्सीको दबाब थेग्न नसकेर पार्टी छाड्नु परेको स्पष्ट भैसकेको छ । उनलाई तराई राजनीतिमा अझै गहिरो गरी खेल्न अर्को हतियार बनाउन एजेन्सीहरु लागिपरेका छन् ।
तै पनि नेपाली जनताको कमाल हेर्नुस्, जसले जे सुकै बाहानामा आफ्नो पार्टी छाडे, उनीहरुलाई जनताले लोप्पा खुवाइदिए । बाबुरामजी, हेर्दै गर्नुहोला, तपाईंको नयाँ शक्तिको हालत पनि अशोक राई र महन्थ ठाकुर जस्तै हुनेछ ।
–अश्विनी काेइरालाकाे फेसबुकबाट साभार

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget