Latest Post

काठमाडौं, १८ असोज । सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख विजय जोलीले भारतविरुद्ध नेपालमा झुठो प्रचारवाजी गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ल जलाएको आरोप लगाएका छन् ।
पत्रकार ऋषि धमलासँग नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान कुरा गर्दै भाजपा नेता जोलीले नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाएर भारतविरुद्ध प्रचारवाजी गरेको भन्दै नेपालीहरूसँग आक्रोश व्यक्त गरे । ‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने ।
भारतविरुद्ध प्रदर्शन गर्ने’, उनले भने, ‘अनि हामीलाई नाकाबन्दी गर्‍यो भन्ने ? झठ्ठा प्रचार गर्ने । अनि हामीसँगै सबै माग्ने । यो कार्य हामीलाई सैह्य छैन ।’
‘नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिला भारतले सहयोग गर्‍यो । नरेन्द्र मोदीले नेपाललाई दश हजार करोड ऋण दिएका छन् । नेपालमा रोकिएका संरचना बनाउन सहयोग गर्‍यौँ’, भाजपा नेता जोलीले आक्रोशित हुँदै भने, ‘यति धेरै सहयोग गर्दा पनि मोदी र भारतविरुद्ध नेपालमा झुठो प्रचार गर्ने ? यो सब बन्द गर्नुस् ।’
उनले यति धेरै सहयोग गर्दा पनि नेपालीले भारतविरुद्ध प्रदर्शन गरेको भन्दै आफ्ना प्रधानमन्त्री मोदीको पुत्ला नजलाउन चेतावनी दिएका छन् । उनले नेपालमा आफूहरूले नाकाबन्दी नगरेको भन्दै मधेसका नेपालीहरूले नाकाबन्दी गरेको बताए ।
‘पहिला मोदीको पुत्ला जलाउने कार्य बन्द गर्नु पर्‍यो’, उनले भने, ‘नेपालीहरू गुराहमा बसेर नेपाल र भारतबीचको ‘रोटीबेटी’को सम्बन्ध विगार्न केही तत्व लागेका छन् ।’
‘भारतका नरेन्द्र मोदी नेपालमा विकास र सुःख शान्ति चाहन्छन्’, जोलीले भने, ‘पुत्ला जलाउँने हो भने नेपाल र भारतको सम्बन्ध सुध्रिदैन । राम्रो हुँदैन ।’
विजय जोली
विजय जोली
भारतले नेपालको संविधानको विरोध नगरेको दावी गरेका भाजपा वरिष्ठ नेता जोलीले भने, ‘मधेसी नेपालीहरूको माग सम्बोधन गर । आमसहमतिमा संविधान बन्नुपर्छ भन्दा किन भारतको विरोध ?’
उनले मधेसी मुलुका नेपालीहरूको अधिकारको आन्दोलनमा आफूहरूको साथ र समर्थन रहेको बताए । ‘पहाडी नेपालीको जति अधिकार छ, त्यति अधिकार मधेसी नेपालीको पनि छ’, उनले भने, ‘चालीस जना मधेसी नेपालीको मृत्यु हुँदा नेपाली शासकहरू चुपलागेर बसेका छन् । उनीहरूलाई सँगै लगेर जाउभन्दा एन्टीभारत भइहाल्ने ? सामाजिक सञ्जालमा भारत विरोधी गतिविधि गर्ने ?’
आफू अनुकुल हुँदा भारतको समर्थन लिने नेपाली नेताहरूले अहिले आफू अनुकुल नहुँदा भारतको विरोधी गरेको भाजपा नेता जोलीको भनाइ थियो । उनले नेपालको नयाँ प्रधानमन्त्री पनि आमहसमतिका आधारमा हुनुपर्ने बताएका छन् ।

काठमाडौं । टीकापुर काण्डमा प्रहरी अधिकृत मारिएपछि दर्जन व्यक्ति पक्राउ परेका छन् । आजको तरुण साप्ताहिकमा खबर छ उनीहरुमध्ये केहीलाई सरकारले सार्वजनिक मुद्दा लगाएको छ ।   ती मध्ये एक भगौडा हुन, धनीराम चौधरी । जो थारु कल्याणकारिणाी सभाका अध्यक्ष पनि हुन् । उनलाई प्रहरीले मोस्ट वान्टेड भन्दै खोजी गरिरहेको छ । तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।   उनीमाथि टिकापुर काण्डमा प्रहरी अधिकतृ हत्याको आरोप लगाइएको छ । प्रहरीले अपराधी भन्दै खोजिरहेका उनै चौधरीसँग शुक्रबार
सिंहदरबारमा एकजना मन्त्रीले घनिभूत छलफल गरेका छन् । चौधरीलाई मोस्ट वान्टेडमा खोजी गरिए पनि वनमन्त्री महेश आचार्यले शुक्रबार चौधरीसहित टोलीसँग वार्ता गरहेको हो ।   संयुक्त संघर्ष समितिसँग प्रमुख तीन दलको वार्ता टोलीका सदस्यले सामूहिक छलफल गरेका हुन् । धनीराम एमाले निकट कर्मचारी संघका सक्रिया कार्यकर्ता हुन् ।

नवलपरासीको देवचुली नगरपालिकाअन्तर्गत चौधरीग्रामका मजदुरहरुको आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एमाओवादी भ्रष्टाचारको अखडा भएको बताए । ‘एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ,’ भट्टराईको भनाई उद्धृत गर्दै एक सहभागीले भने,‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन् ।’

नयाँ सरकार गठन हुने समयमा पूर्वप्रधानमन्त्रीबाट आएको अभिव्यक्तिलाई गम्भीर रुपमा लिइएको छ । गोर्खाबाट रुपन्देहीको धकधाईमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान भट्टराई नवलपरासी पुगेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं । एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युद्धकालमा आफुलाई तात्कालिन नेतृत्व (प्रचण्ड) ले मार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । नयाँ शक्ति निर्माणको क्रममा देशव्यापी दौडाहा गरिरहेका भट्टराईले  नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगग्राम भित्र आयोजित छलफल कार्यक्रमममा एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डमाथि यस्तो संगिन आरोप लगाएका हुन् । भुमिगतकालमा आफुले बैचारिक बहस चलाउन खोज्दा बन्दी बनाइएको र मार्ने षड्यन्त्र गरेको बताएका भट्टराईले भने, ‘पार्टीमा हालीमुहाली गर्दै रहेका केही उच्च खराब नेतृत्वको कारण एमाओवादीलाई सुधार्न
सकिँदैन र त्यसले परिणाममूखी राजनैतिक नेतृत्व पनि दिन सक्दैन भन्ने स्पष्ट भएकाले आफूले पार्टी र सांसदबाट राजीनामा दिएको हुँ ।’ उनले एक्लै पार्टी छोड्नुको कारण खराब मानिसहरु आफुसँग नआउन् भन्ने रहेछ । एमाओवादीभित्र आफ्नै बिचार समुहसँग समेत भट्टराई असन्तुष्ट रहेछन् । उनले भने, ुखराब मित्रहरु म सँग आउलान र मेरो नयाँ अभियान बिर्गालान भन्ने हेक्काकै कारण म एक्लै पार्टी छोडेको हुँ । एमाओवादीलाई अब यो भन्दा सुधार्न सक्दैसकिँदैन र नसुधरिने पार्टीमा बसेर जनतालाई देश र विषय वा चेतना साटने संघर्ष गर्ने अवस्था नै थिएन । त्यसैले बाहिर विभिन्न दलमा रहेका वा स्वतन्त्र रहेका साथीहरुसँग सल्लाह छलफल गरौं र निचोडमा पुगौला भन्ने चाहना र उद्देश्य मेरो हो, । जनयुद्धकालिन अवस्थामा भट्टराईलाई हिरासतमा लिएको नभई पार्टीका जिम्मेवारीहरुबाट तात्कालिन माओवादी जिम्मेवारी मुक्त गरेको थिए । एमाओवादी अध्यक्ष प्रचण्ड र भट्टराईले कारवाहीकै अवधिमा भट्टराईलाई १२ बुँदे सहमतिको आधार तयार पार्न भारत पठाएको कुरा यसअघि एउटै मञ्चमा बोल्दै आएका थिए । पार्टी परित्याग गरेर गएपनि भट्टराईप्रति नरम रहेका प्रचण्डमाथिको यस्तो गम्भिर आरोपको प्रतिवाद प्रचण्डले गर्न बाँकी छ । तर अनावश्यक आरोपप्रत्यारोप गर्दीन भनेका भट्टराई जुनजुन जिल्लामा जान्छन् कुरा बदल्दै र संगीन आरोपहरु लगाउन थालेका छन् । हिजो शनिबार गोरखा पुगेर मधेसी आन्दोलन गलत रहेको बताएका भट्टराईले त्यसअघि जनकपुर पुगेर मधेस आन्दोलनको सममर्थन गरेका थिए । आजै भट्टराई भेरहवा गएका छन् भने दाङ हुँदै धनगढी सम्म जाने कार्यक्रम उनको छ ।

काठमाडौं— भारतीय विदेश मन्त्रालयले नेपालमाथिको नाकाबन्दी अन्त्य गर्दै ढुवानी सुचारु गर्न आफ्ना सीमा अधिकारीलाई निर्देशन दिएको चर्चा बाहिर आए पनि आइतबार नाकाबन्दी झन् कडा पारिएको छ।


नेपाल आपूर्ति हुने पेट्रोलियम पदार्थ कुनै नाकाबाट पनि छोडिएको छैन। छिटै कुहिने तरकारी, फलफूल तथा मार्बल बोकेका गाडीहरु भने छोडिएको छ।

विराटनगर स्थित नागरिकन्युजकर्मी अजित तिवारीका अनुसार आइतबार अपरान्हसम्म विराटनगर भन्सारबाट मालबाहक गाडी नेपाल प्रवेश गरेका छैनन्। दुवै देशका भन्सार प्रमुखबीच ढुवानी सुचारु गर्ने सैद्धान्तिक सहमति भने भएको छ।

झापा स्थित नागरिकन्युजकर्मी राजु अधिकारीका अनुसार अन्य सामान बोकेका गाडी पूर्वी नाका काँकडभिट्टाबाट भित्रए पनि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस आएको छैन। आइतबार दिउँसो ३ बजे सम्ममा ३० वटा मालबाहक साधन पानीट्यांकी हुँदै काँकडभिट्टा भित्रेका छन्। 'शनिबार रातिसम्ममा ६९ वटा र आइतबार ३० वटा मालबाहक गाडी नेपाल भित्रेका छन्', मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले नागरिकन्युजसँग भने 'अहिलेसम्म खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थ बोकेका गाडी आएका छैनन्।'

पानीट्यांकी नाकामा ग्याँस बोकेका ३ वटा बुलेट नेपाल आउने लाइनमा बसेको हप्ता दिन पूरा भएको छ। भारतीय पक्षको अवरोधले आउन पाएका छैनन्। पेट्रोलियम पदार्थ ल्याउन भनेर गएका कम्तिमा ३५ वटा ट्यांकर सिलिगुढीमै तेल भर्न पालो कुरेर बसेका छन्। ४ वटाभन्दा बढी ट्याङ्करलाई तेल नदिने इन्डियन अायल कर्पोरेशन (अाइओसी) ले बताएको ट्याङ्कर व्यवसायीले जनाएका छन्। मेची भन्सार प्रमुख अधिकारीका अनुसार शनिबार र आइतबार गरी दुई दिनमा फलफूल, आलु, क्लिंकर, जुट लगायतका सामान नेपाल भित्रेका छन्। भारतीय सीमावर्ती नाका पानीट्यांकीमा रोकिएका सयौं मालबाहक गाडीमा तेल बोकेका गाडी एउटै छैनन्। बरु तेल लिन भनेर गएका साधनलाई पालोका नाममा सात दिनभन्दा लामो समयदेखि कु्राएर सास्ती दिने काम भइरहेको छ। भन्सार प्रमुख अधिकारीले साँझ सम्ममा ग्याँसका गाडी आउने सम्भावना भएको बताए। तेलका ट्यांकर आउन अझै समय लाग्न सक्ने उनको अनुमान छ।

वीरगञ्ज स्थित नागरिकन्युजकर्मी रितेश त्रिपाठीका अनुसार डेढ हप्तादेखि बन्द रहेको वीरगञ्ज नाका आइतबार पनि ठप्प छ। एउटा पनि मालबाहक गाडी नेपाल भित्रिएका छैनन्। वीरगञ्ज सबैभन्दा बढी पेट्रोलियम पदार्थ अापूर्ति गर्ने नाका हो। रक्सौल डिपोमा रहेका ट्याङ्करमध्ये दैनिक १० वटालाई मात्र तेल उपलब्ध गराउन सकिने जवाफ नेपाल अायल निगमलाई अाइओसीले गराएको छ। नाकामा मधेसी मोर्चाका कार्यकर्ताले धर्ना जारी राखेका छन्। भारतबाट नेपाल भित्रिनेमध्ये ७० प्रतिशत मालवस्तु यो नाका भएर नेपाल अाउँछन्।

बुटवल स्थित नागरिकन्युजकर्मी शेरबहादुर केसीका अनुसार भैरहवा नाकाबाट आइतबार ४० वटा मालबाहक गाडी नेपाल भित्रिएका छन्। मार्बल, तरकारी तथा फलबुल बोकेका गाडी नेपाल भित्रिएका हुन्। पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर एउटा पनि छोडिएको छैन।

नेपालगञ्ज स्थित नागरिकन्युजकर्मी अर्जुन ओलीका अनुसार भारतले अघोषित नाकाबन्दी खुलाउने प्रचार गरेपनि नेपालगन्ज नाकामा अवरोध यथावत अवरुद्ध छ। उक्त नाकाबाट आइतबार अपरान्हसम्म कुनैपनि पेट्रोलियम ट्यांकर भित्रिन पाएका छैनन्। इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीका अनुसार दिउँसो आलु, सिमेन्ट, मार्बल, क्लिंकर बोकेका १० वटा ट्रक मात्र भित्रिएका छन्।

भारतीय सिमा सुरक्षा बल(एसएसबी)ले अन्य दिनको झै पेट्रोलियम ट्यांकर प्रवेशमा कडाई गरिरहेको छ। 'भारतले नेपालगन्ज सहित केही नाकाको अवरोध खोल्ने कुरा सुनेका थियौं, तर हाम्रो यहाँ नाकाबन्दी यथावत नै राखेको छ,' उनले भने। अन्य दिनको तुलनामा आइतबार झन् कम माल बाहक सवारी साधन भित्रिएको प्रहरीले जनाएको छ । नाकाबन्दीका कारण एक साता अघिदेखि पेट्रोलियम ट्यांकर, माल बाहक ट्रक भारतीय बजार रुपैडिहामा रोकिएका छन्। भारतीय उच्च निकायले नेपालगन्ज नाका खुलाउने समाचार बाहिर आएपनि नाकाबन्दी यथावत रहेको स्थानीय अधिकारीले बताएका छन्।
तेल अापूर्तिमा झन् कडाई
भारतले तेल आपूर्ति आइतबार अझ कडा पारेको छ। अघिल्ला दिनहरुमा दैनिक १५-२० ट्याङ्कर छोड्दै अाएकोमा आइतबार अपरान्हसम्म एउटा ट्याङ्कर पनि छोडिएको छैन। शनिबार इन्डियन आयल कर्पोरेसनका अधिकारीसँगको छलफलमा तेल आपूर्ति सुचारु गर्ने संकेत भारतीय पक्षले गरेको थियो। आइतबार त्यस अनुसार व्यवहार नगरेको निगम अधिकारीहरुले बताएका छन्। निगमले तेल भर्न सिलगुढी पठाएका ३५ भन्दा बढी ट्याङ्करमध्ये ३ वटालाई मात्र आइओसी तेल दिएको छ। 'माथिको आदेश भनेर आइओसी अधिकारीले तेल आपूर्ति ठप्प पारे', निगम स्रोतले नागरिकन्युजसँग भन्यो, 'हिजो अस्तिको तुलनामा आइतबार आपूर्ति ठप्प पारिएको छ।'

निगम र आइओसीका अधिकारीबीच शनिबार छलफल हुँदा भारतीय पक्षले आइतबारदेखि आपूर्ति सहज बनाउने बताएको थियो। सोही अनुसार निगमले वेतालपुर, सिलगुढी, बरौनी, रक्सौल लगायतका डिपोमा तेल लिन ट्याङ्कर पठाएको थियो। अघिल्लो दिनको प्रतिबद्धता उल्लंघन गर्दै आइतबार भारतले पेट्रोलियम पदार्थको आपूर्ति अझ कडा पारेको हो।

अाफू अनुकूल संविधान नबनेको, काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माण लगायतका विषयमा असन्तुष्टि जनाउँदै डेढ हप्तादेखि भारतले नेपालमाथि नाकाबन्दी जारी राखेको छ।

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि भारतका राजदूत रणजित रायले आज अपराह्न भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल-भारत सम्बन्धका साथै भारतबाट नेपालतर्फ आपूर्ति हुने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको ढुवानीबारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री कोइरालाले भारतबाट नियमित रुपमा हुनुपर्ने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको आपूर्ति सहज बनाउन भारतको उच्चतम तहमा पहल गर्न राजदूत रायलाई अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो । भारतीय राजदूतले शुक्रबारदेखि केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको तथा आज बेलुका र भोलिसम्म थप केही नाकाको अवस्था पनि सहज हुने जानकारी गराउनुभएको श्री अधिकारीले बताउनुभयो । रासस

काठमाडौं, असोज १७ । अफगानिस्तानको कुन्दुज शहरमा गरिएको हवाई आक्रमणप्रति अमेरिकाले माफी मागेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले विज्ञप्ति निकाली अमेरिकी हवाई आक्रमणमा सर्वसाधारण मारिएकामा क्षमा माग्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जेद राद अल अल हुसेनले घटना दुःखद र अक्षम्य रहेको प्रतिक्रिया दिंदै अन्तराष्ट्रिय कानून बिपरितको यो घटना जानीजानी गरेको आरोप लगाएका छन् ।
यता अफगान राष्ट्रपति असरफ घानीेले गठबन्धन सेनाको आक्रमणप्रति माफी मागेका छन् । अस्पतालमा अतिवादीहरु लुकेको सुराकीको आधारमा कारबाही गरिएको स्पष्ट पार्दै आइन्दा यस्ता आक्रमण गर्दा गम्भीर ढंगले सोचबिचार गर्ने बचन दिएका छन् ।
अफगानिस्तानको कुन्दुज शहरस्थित एक अस्पतालामा गरिएको अमेरिकी हवाई आक्रमणमा १९ जना मारिएका थिए । घटनामा ३७ जना गम्भीर घाईते भएका थिए । घाईते मध्ये १९ जना डाक्टरर्स विदाउट वोर्डर एमएसएफका कर्मचारी छन् ।
अमेरिकी लडाकु विमानले करिब आधा घण्टासम्म गरेको हवाई आक्रमणमा अस्पतालमा बम खसेको थियो । बम विष्फोटको समयमा अस्पतालमा एक सयभन्दा बढी विरामी थिए ।
आक्रमणपछि केही कर्मचारी र विरामीको अवस्था अज्ञात रहेको छ । अस्पताल ध्वस्त भएको छ । गत सोमबार मात्र तालिवान लडाकुले कुन्दुर शहर नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मी र तालिवान लडाकूबीच त्यहाँ भीषण संघर्ष चलिरहेको छ । (एजेन्सी)

आश्विन १७, २०७२- आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सहज रूपमा व्यापार हुने ठाउँबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बताएका छन्। उनले सरकारले छिमेकी चीनबाट इन्धन ल्याउन अनुमति नदिँदा अहिले असहज अवस्था आएको जिकिर गरे।

‘अघोषित नाकाबन्दीलगत्तै चीनबाट इन्धन आयात गर्नुपर्ने प्रस्ताव सरकारले मानेन,’ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसिएसनको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘भारतको मात्रै भर पर्दा आपूर्ति असहज हुने भएकाले चीनबाट ल्याउन पटकपटक अनुमति माग्दा पनि सरकारले दिएन।’

निगमले दशकौंदेखि भारतीय आयल कर्पोरेसनसँग कारोबार गर्दै आए पनि बारम्बार असहज अवस्था सिर्जना हुँदै आएको उनको भनाइ थियो। उनले इन्धन आयातमा विकल्प खोज्नुपर्ने बताए।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेको बालुवाटार स्रोतले बतायो ।
प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।
‘एमाओवादी अध्यक्षले संविधान संशोधन कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । १६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुरा मान्नुभएन । उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गर्नुभयो ।’ प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न साँझ ६:२० बजे बालुवाटार पुगेका थिए । उनी प्रधानमन्त्री कोइरालासँग २० मिनेट मात्रै कुरा गरेर निस्किएका थिए ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget