Latest Post

10:10:00 PM ,
आयोडी छालाका लागि जरुरी मिनरल हो । यो थाइराइड हम्रोन उत्पादनका लागि महत्वपूर्ण मिनरल मानिन्छ । यसको कमीले शारीरिक तथा मानसिक विकासमा बाधा उत्पन्न हुनसक्छ । आयोडीनको कमिले गलगाँड आउने पनि हुन्छ । त्यसैले सरकारले सुपथ मुल्यमा आयोडीन युक्त नुन बितरण गर्दै आएको छ । आयोडीनको अर्को फाइदा कमैलाई थाहा होला । आयोडीनले छाला सुन्दर गराउन पनि मद्धत गर्छ । त्यसैले आयोडीन युक्त खाना खानुपर्छ  ।
१) आयोडीन युक्त नुन ढिके नुनमा आयोडीनको मात्रा अत्यन्तै न्युन हुन्छ । त्यसैले आयोडीन युक्त धुलो नुन सेवन गर्नुपर्छ ।
२) समुद्री तरकारी समुद्री क्षेत्रमा उत्पादन हुने फलफुल, तरकारी र अनाजमा आयोडीनको मात्रा प्रशस्त हुन्छ । ३) बेब्ड आलू सबै प्रकारका आलूमा केहीमात्रामा आयोडीन पाइने भएपनि बेक्ड आलूमा आयोडीनको मात्रा बढी हुन्छ । एक मध्यम बेक्ड आलूमा ६० माइक्रोग्राम सम्म आयोडीन पाउन सकिन्छ । ४) दूध दूधमा क्याल्सियम र भिटामीन मात्र पाइन्छ भन्ने आमधारण छ । तर दूधमा आयोडीन पनि पाउन सकिन्छ । एक कप दूधमा ५६ माइक्रोग्रामसम्म आयोडीन पाउन सकिन्छ । ५) विरे नुन यसलाई हिमालयन क्रिस्टल नुन, ग्रे साल्ट, कालो नुन पनि भनिन्छ । सबै प्रकारका नुनमा आयोडीन पाइने भएपनि विरे नुनमा अरुमा भन्दा बढी आयोडीन पाइन्छ । ६) समुद्री माछा समुद्री माछामा आयोडीन प्रशस्त पाइन्छ । यसबाहेक समुद्री माछामा ओमेगा थ्रि फ्याटी एसिड, फोलेट, फोटाशियम, भिटामिन इ पनि भरपुर मात्रामा पाइन्छ । ७) क्रेनबेरीज गाढा रङ्को क्रेनबेरीजमा आयोडीनका साथै भिटामिन सी, के, बी, फाइबर पनि प्रशस्त पाउन सकिन्छ । यसमा एन्टिअक्सिडेन्टसमेत पाउन सकिन्छ । यो फलमा सुगरमा मात्रा पनि प्रशस्त हुन्छ । ८) सिमी सिमीमा पनि आयोडीनको मात्रा प्रशस्त हुन्छ । यसमा प्रोटीन, तामा, फोलेट, क्याल्सियम, तामा, फाइबर पनि पाउन सकिन्छ । ९) उमालेको अण्डा एउटा उमालेको अण्डामा १२ माइक्रोग्रामसम्म आयोडीन पाउन सकिन्छ ।

काठमाडौं,फागुन १९ – श्वेता खड्काले बिहेकै रात आफ्ना श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठलाई परिवारका सबै सदस्यले रुँगेर बसेको बताएकी छन् ।
उनले बिहेको अघिल्लो दिनदेखि नै ज्वरोले सताइएका श्रीमान्ले बिहेको जग्गेमा बस्दा निकै कठिनाई झेलेको आजको नयाँ पत्रिकासँग कुराकानी गर्दै बताएकी छन् । ‘बिहेको अघिल्लो दिन ज्वरोले उहाँ ओछ्यानबाट उठ्न सक्नुभएको थिएन’, श्वेताले भनेकी छन्,‘भोलिपल्ट दिनभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह«ो भएन ।’

श्वेताले आफ्नो सुहागरात नै बेदनामय भएको समेत बताएकी छन् । उनले श्रीकृष्णलाई व्यथाले च्यापेपछि परिवारका सबै सदस्य उनलाई कुरेर बसेको बताइन् । ‘हाम्रो सुहागरात वेदनामय भयो । उहाँलाई व्यथाले चापेपछि म र परिवार रातभरि उहाँलाई रुँगेर बस्यौं’, श्वेताले भनिन् ।
श्वेताले श्रीकृष्णले छाडेपछि चार महिना मरेतुल्य भएर बिताएको बताएकी छन् । उनले उक्त अवधिमा दिन र रातको समेत भेउ नपाएको बताइन् । ‘उहाँले छाडेपछिका चार महिना त मैले मरेतुल्य भएर बिताएँ । मलाई दिन र रातको समेत भेद भएन । थला परेको विरामीलाई जसरी अरुले स्याहारेर राखे । दुई महिना डिप्रेसनको औषधि खानुपर्यो’,श्वेताले भनिन् ।

हस्तरेखा विज्ञानका अनुसार जीवनमा हुने सबै कुराको निर्धारण हस्तरेखाले गरेको हुन्छ । जीवनका हरेक कर्म र तीनको समय हस्तरेखाबाट भविष्यबाणी गर्न सकिन्छ ।


विवाहको बारेमा पनि हातको रेखाबाट भन्न सकिने ज्योतिषशास्त्रीको भनाइ छ । कसरी थाहा हुन्छ कहिले हुन्छ विवाह भनेर ?



ज्योतिषशास्त्र भन्छः हातमा विवाह रेखा हुन्छ । त्यसकै आधारमा विवाहको बारेमा भन्न सकिन्छ । विवाहको रेखा सूर्य रेखालाई स्पर्श गर्दै तलपट्टि गएमा यस्ता ब्यक्तिको विवाह अनमेल विवाह हुन्छ । त्यसैगरी विवाह रेखाले मस्तिस्क रेखालाई स्पर्श गरेको छ भने त्यस्ता ब्यक्तिको विवाह पति वा पत्निको हत्यामा टुङ्गिन सक्छ ।

त्यसैगरी बुध पर्वतमा विभिन्न खण्ड छन् भने यस्ता ब्यक्तिको इन्गेजमेन्ट नै टुट्न सक्छ ।

विवाहको रेखामा कालो धब्बा छ भने यस्ता ब्यक्तिलाई पत्नि सुख प्राप्त हुँदैन । यदि विवाह रेखा कान्छी औंलीको दोश्रो खण्ड सम्म पुगेको छ भने यस्ता ब्यक्तिको विवाह हुने सम्भावना कम हुन्छ ।


विवाह रेखा विचविचमा मोटो र पातलो छ भने यस्ता ब्यक्तिका जीवन साथी रोगी पर्न सक्छन् ।

11:55:00 PM ,
एजेन्सी । बेलायतमा कुखुराको एउटा अनौठो अण्डा करिब ४८० पाउण्ड अर्थात करिब ७४ हजारमा लिलाम भएको छ । उक्त अण्डा सामान्य भन्दा फरक र पुरै गोलो थियो ।
बीबीसीका अनुसार एसेक्सको किम ब्राउटनको एक कुखुराले १७ फरवरीमा एउटा गोलो अण्डा पारेको थियो । यस कुखुराको नाम पिङपङ राखिएको छ ।
उनले आफ्नो सार्थीको छोरीको मृत्युपश्चात सिस्टिक फाइब्रोसिस ट्रस्टको सहयोगका लागि यो अण्डाको लिलामीको घोषणा गरेका थिए ।
किमले यो असामान्य अण्डा खानका लागि भन्दा पनि बचाएर राख्नुपर्ने ठानेर आफूले लिलामी घोषणा गरेको बताएका छन् ।
इन्टरनेट मार्फत गरिएको लिलामीमा ६४ जनाले लिलामी बोलेका थिए ।
यस्तो छ भिडियोमा:

के तपाईंले कहिलेकाहीँ घरझगडामा श्रीमतीलाई माया गर्दिन भनेर बचन लगाउनुभएको छ ? त्यसो भए होसियार हुनुहोस् किनकी तपाईंलाई अदालतले सजायँ दिन सक्छ ।
हालै टर्कीमा एक पुरुषलाई यस्तै अभियोगमा सजायँ सुनाइएको छ । श्रीमान-श्रीमतीवीच भएको झगडामा श्रीमान्ले आफुलाई मायाँ गर्दिन भन्दै बचन लगाएको भनी श्रीमतीले अदालतमा उजुरी दिएपछि त्यहाँको सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
डेलि सबाह दैनिकका अनुसार श्रीमतीलाई मायाँ गर्दिन भनेर श्रीमानले ‘भावनात्मक हिंसा’ गरेको न्यायाधीशले ठहर गरेका छन् ।
तल्लो अदालतले उनीहरु दुवै जना खराव रहेको भन्दै फैसला गरेको भएपनि सर्वोच्च अदालतले पुरुषले महिलामाथि हिंसा गरेको ठहर गरेको छ ।
अदालतको आदेशअनुसार अब श्रीमानले म तिमिलाई माया गर्दिन भनेबापत क्षतिपूर्ति तिर्नुपर्ने छ ।
श्रीमान्ले भने श्रीमतीले पनि आफुलाई भावनात्मक रुपमा चोट पुर्‍याएको दावी गरेका छन् ।
उनीहरु दुवै जना सँगै बस्न नसक्ने भन्दै डिभोर्सका लागि प्रकृया अगाडी बढाएका छन् । डिभोर्स भए पनि श्रीमानले श्रीमतीलाई म तिमीलाई माया गर्दिन भने बापत क्षतिपूर्ति तिर्नुपर्नेछ ।

सोमबार, फाल्गुण १८
नायक दिलिप रायमाझी अब ‘गोरे’ बनेर तपाई दर्शक माझ आउने भएका छन् । कुनै बेलामा सुपरहिट चकलेटी हिरो दिलिप चलचित्र ‘गोरे’मा मुख्य भुमिकामा देखा पर्नेछन् । यतिबेला चलचित्रको सम्पादन सकिएको छ ।

रमेशकुमार राई निर्देशित चलचित्र ‘गोरे’मा नायक दिपिलसँगै अनु शाह, डा. गुनु घर्ती, ममता शर्मा, रविन्द्र आचार्य, माधव पण्डित, सञ्चिता सत्याल, सर्य जिसि, अभिषेक गिरी, राकेश कुमार लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्र ‘गारे’का गोरे अर्थात नायक दिलिप रायमाझी आफ्नी प्रेमिकाको खोजी गर्दै गाँउबाट जब शहरमा पुग्छन् तब उनले त्यहाँ के कस्ता संघर्षहरु गर्नु पर्छ भन्ने कुरा यस चलचित्रमा देखाउन खोजिएको छ । चलचित्र ‘गोरे’ जि.यस मुभि मेकर्षको ब्यानरमा निर्माण भएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

10:22:00 PM ,
१८ फागुन, गोरखाबजार ।

एक पछि अर्को विद्यार्थी छटपटाएर ढल्न थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ ।
आइतबार बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो ।

बिरामी विद्यार्थीको गोरखा जिल्ला अस्पतालमा उपचार गराउँदा चिकित्सकहरुले सरुवा रोग भएको जनाएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक ध्रुव श्रेष्ठले जानकारी दिए ।


बिरामी विद्यार्थीलाई स्वाइन फ्लु रोग लाग्दा देखिने अधिकांश लक्षणहरु देखिएको जिल्ला अस्पताल गोरखाका चिकित्सक नारद थपलियाले जानकारी दिए । आवश्यक साधन नहुँदा के रोग लागेको हो भन्ने यकिन हुन नसकेको भन्दै डा थपलियाले विद्यार्थीको स्वास्थ्य जाँचको प्रतिवेदन नेसनल ल्याब काठमाडौँमा पठाएको जानकारी दिए ।

विद्यालयले जिल्ला शिक्षा कार्यालय गोरखासँग अनुमति लिएर अनिश्चितकालका लागि विद्यालय बन्द गरेको जनाएको छ । “विद्यार्थीलाई के रोग लाग्यो यकिन हुन सकेन” प्रअ श्रेष्ठले भने, “डाक्टरहरुले सरुवा रोग हो भन्नु भएकाले विद्यालय बन्द गरियो ।”

कक्षा १० मा पढ्दै आएका छजना छात्रा र पाँचजना छात्र बिरामी भएको विद्यालयले जनाएको छ । बिरामी भएका अधिकांश विद्यार्थी १६ वर्षका छन् । उनीहरुको नाम भने गोप्य राखिएको छ ।

स्वाइन फ्लुको हल्लामात्रै भएकाले आत्तिनु नपर्ने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताउनुभयो । मौसम परिवर्तन भएकाले रुघा, खोकी लाग्नु सामान्य भएको उहाँको टिप्पणी छ । स्वाइन फ्लु लाग्न नदिन जिल्लामा उच्च सतर्कता अपनाएको अधिकारीको भनाइ छ । रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

१९ फागुन,
प्रसंग दोस्रो विवाह गरेर चर्चा वा आलोचना पाउने कलाकारहरुको हो । नेपाली सिनेमा क्षेत्रमा पुरानादेखि नयाँ कलाकारहरु बहुविवाहका कारण चर्चित छन । यसरी चर्चामा आउनेमा शिव श्रेष्ठ, भुवन केसी, छवि ओझा, नरेश पौडेल, निखिल उप्रेती, सञ्चिता लुइटेल, भुपेन चन्द, पूजा चन्द, सौजन्य सुब्बा, सपना श्रेष्ठलगायत छन । शिव श्रेष्ठले त तीनवटी श्रीमती भित्र्याए । तिनले पनि छाडेपछि उनले छोरी समानकी युवतीलाई श्रीमती बनाए । अहिले उनी तिनै श्रीमतीसँग बस्दैं आएका छन ।

नायक भुवन केसी युवतीको मामलामा निकै बदनाम छन । जुनी चलचित्र खेलेर नेपाली रजतपटमा प्रवेश गरेका भुवनले जेठी श्रीमतीका रुपमा नेपाल टेलिभिजनकी समाचारवाचिका विजया केसीलाई भित्र्याए । विजयाबाट भुवनका काजोल र विवेक केसी गरी दुई सन्तान जन्मे । तर, युवतीहरु फेरेर हिडने स्वभावका कारण विजया भुवनसँग बस्न मानिनन् । उनी दुई सन्तान लिएर अमेरिका उडिन । विजयाले आफ्नो साथ छाडेपछि भुवनले दार्जिलिङतिरकी सुस्मिता बम्जनलाई सुस्मिता केसी बनाएर घर भित्र्याए ।

अनमोलले स्कुले शिक्षा पूरा गर्दा नगर्दै भुवन र सुस्मिताको सम्बन्धमा दरार उत्पन्न भयो । दुवैले औपचारिक रुपमा सम्बन्ध विच्छेद गरे । अहिले भुवन जिया केसी नाम गरेकी नायिकासँग प्रेममा छन । जिया भुवनसगै उनको घरमै बस्दै आइरहेकी छन भने सुस्मिता भारतीय ब्यापारीसँग प्रेममा छिन । दुवैको चाडै विवाह हुने बताइए पनि त्यसले पूर्णता पाउन सकेको छैन । भुवनले जियालाई रुम पार्टनर बनाएपछि उनको फिल्मी करिअरमा पूर्णविराम लागेको छ । 'एटीएम, बर्बाद, दनकजस्ता यौन परक चलचित्र खेलेर चर्चामा आएकी जिया चलचित्र क्षेत्रमा भविष्य नदेखेर भुवनको रुम पार्टनर बन्न पुगेकी हुन्,' उनी निकट एक नायिकाले भनिन् ।

पिजडा चलचचित्रबाट नेपाली रजतपटमा प्रवेश गरी एक्सन नायकको छवि बनाएका निखिल उप्रेती पनि दुई श्रीमतीका कारण निकै चर्चामा आए । दुई वटी श्रीमतीका कारण भुवन र शिवले आफ्नो फिल्मी करिअर जोगाएपनि निखिलको भने चार वर्ष त्यसै खेर गयो । धादिङकी कोपिला उप्रेतीलाई लामो समयको प्रेमपछि श्रीमती बनाएर एक छोरा जन्माएका निखिलले चलचित्र खेल्ने क्रममै सञ्चिता लुइटेलसँग दोस्रो विवाह गरे । सञ्चितासँग विवाह गरेलगतै नेपाली चलचित्र खेल्न छाडेर निखिल मुम्बई बस्न थाले । तर, मुम्बईमा उनले हिन्दी फिल्म खेल्न सकेनन् । चार वर्षको गुननाम जिन्दगीपछि उनी अहिले फेरि नेपाली चलचित्रमा अभिनय गर्न आइपुगेका छन । त्यसका लागि उनी आफैले चलचित्र निर्देशन गर्नुपर्‍यो । भैरव नामक चलचित्र निर्देशन गरेर नेपालमै बस्न लागेका निखिल अहिले विस्तारै अन्य निर्माता निर्देशकका चलचित्रमा अनुबन्ध हुन थालेका छन ।

कोपिलालाई भक्तपुरको बालकोटमा घर बनाइदिएका निखिल भने अहिले सञ्चिता लुइटेलसँगै बस्दैं आएका छन । सञ्चिताबाट निखिलका दुई सन्तान छन् । त्यसो त निखिल र कोपिलाबीच सम्बन्ध विच्छेद भएको छैन । सञ्चितासँग विहे गरेर भारत हिडेका निखिलले बहुविवाहको मुद्धामा जेल जानुपर्ला भन्ने डरले चलचित्र करिअर नै डुबाउन पुगेका हुन ।

निखिलकी दोस्री श्रीमती बनेकी सञ्चिताको आकाश शाह नाम गरेका ब्यक्तिसँग विहे भएको थियो । आकाशसँग एक डेढ वर्षसँगै बसेकी सञ्चिताले पछि डिभोर्स दिएकी थिइन । नेपालकी सुन्दरी नायिकाको उपाधि पाएकी सञ्चिता यतिखेर पुनः चलचित्र अभिनयमा फर्केकी छन् ।

यतिखेर अर्काको घर विगारेको आरोप नायिका सौजन्या सुब्बालाई लागेको छ । आजको तरुणमा समाचार छ ।

9:44:00 PM ,
घुस लिएर अवैध सामान छाड्ने हाकिमको पोल खोलेको आरोपमा एक हवल्दार जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनिएका छन् । वीरगन्जको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार पन्निलाल साहलाई उनकै हाकिमको पोल खोलेको भन्दै हिरासतमा थुनिएको हो ।



प्रहरी उपरीक्षक दिवेश लोहनीको आदेशमा हवल्दार साहलाई शनिवार साँझदेखि थुनामा राखिएको एक प्रहरी अधिकृतले बताए । शुक्रबार राति इनर्वा प्रहरी चौकीबाट प्रहरी हवल्दार साह नेतृत्वको टोलीले वीरगन्जको रजतयन्ती चोकबाट ६० हजार रुपैयाँको भारतीय कपडा बरामद गरेको थियो ।

भारतको रक्सौलबाट हेटौंडाका पोकेतस्कर महिलाहरुले ट्याम्पोमा लोड गरेर ल्याइएका साडी लगायतका कपडा उनीहरुले बरामद गर्न सफल भएका थिए । हवल्दार नेतृत्वको टोलीले बरामद गरेको कपडासहितको ट्याम्पो चौकी इनर्वाका इन्चार्ज सई रमेश रेग्मीले तस्कर महिलालाई नै फिर्ता गरिदिएका थिए ।

त्यही निहुँमा सई रेग्मी र हवल्दार साहबीच ब्यस्त सडकमै भनाभन भएको थियो । दुबैबीच तँ तँ म म हुँदै विवाद चर्केपछि पोके तस्कहरुले झगडा छुटयाएका एक प्रत्यक्षदर्शीले बताए । ‘हामीले झगडा नछुट्याएको भए त्यहाँ ठूलै कुटाकुट हुन्थ्यो’ एक प्रत्यक्षदर्शीले भने ।

तस्कर महिलासँग घुस लिएर सई रेग्मीले उनीहरुको अवै साडीसहितको ट्याम्पो छाडेको हवल्दार साहको आरोप छ । सईसँग झगडा गरेका हवल्दार साहको शनिबार जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकी भिस्वामा सरुवा गरिदियो ।
प्रहरी हवल्दार पन्निललाल साह कार्यरत वीरगञ्जस्थित प्रहरी चाौकी इनर्वाको कार्यालय
‘म आफैं पनि त्यहाँ बस्न चाहन्नथेँ, यस्ता भ्रष्ट हाकिमको अण्डरमा बसेर काम गर्नु भन्दा अन्तै गएको ठिक छ’ शनिवार प्रहरी चौकी इनर्वामा भेटिएका साहले भने, ‘शुक्रबार राति घटना भएलगत्तै त्यही निहुँमा मलाई अन्त सरुवा गरियो ।’

करिब ६० हजारको साडी र गञ्जी, कट्टु टेम्पुबाट आफैँले पक्रेको साहको भनाइ छ । ‘सई सा’बले घुस लिएर हेटौँडाका महिलाको अवैध सामान फिर्ता दिएपछि झगडा भएको हो’, उनले भने । शुक्रबार राति बरामद साडी सई रेग्मीले ३० हजार रुपैयाँ घुस लिएर फिर्ता दिएको शनिबार प्रहरी चौकी परिसरमा भेटिएकी जितपुरकी जयमती देवीले बताइन् ।

‘यही नाकाबाट हरेक रात सई साबले स्कर्टिङ गरेर सुपारी भारत पठाउँछन्’ ,शनिबार सर्इ रेग्मीकै सामू हवल्दार साहले अन्नपुर्ण पोस्टसँग भने, ‘शेरु नामको तस्करको तामा पितल लगायतका धातु लोड भएको ट्रक पनि रातमा यही नाकाबाट भारत जान्छ ।बरामद भएका रेग्मीले घरैमा पनि लान्छन् ।’

सई रेग्मीले भने हवल्दार साहले लगाएका आरोप झुटो भएको बताए । उनले शुक्रबार राति ट्याम्पोबाट नवलपरासीको कावासोतीका तीन महिलाले ल्याएको एकएक मात्र साडी बरामद गरिएको दाबी गरे । पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले सई रेग्मीमाथि आरोप लगाउने हवल्दार साह नै गलत भएको बताए । प्रउ लोहनीले हवल्दार साहको शुक्रबारै भिस्वामा सरुवा भएकाले सोही निहुँमा लान्छना लगाएको बताए । तर साहको सरुवापत्रमा भने फागुन १६ गतेको मिति उल्लेख छ ।

शनिवार दिउँसो सञ्चारकर्मीसामू सई रेग्मीको पोल खोलेका हवल्दार साह सोही साँझ थुनामा परेका हुन् । आइतवार थुनामा भेटिएका प्रहरी हवल्दार साहले भने, ‘साँचो कुरा बोल्दा थुनामै बस्नु पर्यो ।’

यो समाचार अन्नपुर्ण पोष्टको हो |

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget