एजेन्सी । बेलायतमा कुखुराको एउटा अनौठो अण्डा करिब ४८० पाउण्ड अर्थात करिब ७४ हजारमा लिलाम भएको छ । उक्त अण्डा सामान्य भन्दा फरक र पुरै गोलो थियो ।
बीबीसीका अनुसार एसेक्सको किम ब्राउटनको एक कुखुराले १७ फरवरीमा एउटा गोलो अण्डा पारेको थियो । यस कुखुराको नाम पिङपङ राखिएको छ ।
उनले आफ्नो सार्थीको छोरीको मृत्युपश्चात सिस्टिक फाइब्रोसिस ट्रस्टको सहयोगका लागि यो अण्डाको लिलामीको घोषणा गरेका थिए ।
किमले यो असामान्य अण्डा खानका लागि भन्दा पनि बचाएर राख्नुपर्ने ठानेर आफूले लिलामी घोषणा गरेको बताएका छन् ।
इन्टरनेट मार्फत गरिएको लिलामीमा ६४ जनाले लिलामी बोलेका थिए ।
यस्तो छ भिडियोमा:
Post a Comment