१९ फागुन,
प्रसंग दोस्रो विवाह गरेर चर्चा वा आलोचना पाउने कलाकारहरुको हो । नेपाली सिनेमा क्षेत्रमा पुरानादेखि नयाँ कलाकारहरु बहुविवाहका कारण चर्चित छन । यसरी चर्चामा आउनेमा शिव श्रेष्ठ, भुवन केसी, छवि ओझा, नरेश पौडेल, निखिल उप्रेती, सञ्चिता लुइटेल, भुपेन चन्द, पूजा चन्द, सौजन्य सुब्बा, सपना श्रेष्ठलगायत छन । शिव श्रेष्ठले त तीनवटी श्रीमती भित्र्याए । तिनले पनि छाडेपछि उनले छोरी समानकी युवतीलाई श्रीमती बनाए । अहिले उनी तिनै श्रीमतीसँग बस्दैं आएका छन ।
नायक भुवन केसी युवतीको मामलामा निकै बदनाम छन । जुनी चलचित्र खेलेर नेपाली रजतपटमा प्रवेश गरेका भुवनले जेठी श्रीमतीका रुपमा नेपाल टेलिभिजनकी समाचारवाचिका विजया केसीलाई भित्र्याए । विजयाबाट भुवनका काजोल र विवेक केसी गरी दुई सन्तान जन्मे । तर, युवतीहरु फेरेर हिडने स्वभावका कारण विजया भुवनसँग बस्न मानिनन् । उनी दुई सन्तान लिएर अमेरिका उडिन । विजयाले आफ्नो साथ छाडेपछि भुवनले दार्जिलिङतिरकी सुस्मिता बम्जनलाई सुस्मिता केसी बनाएर घर भित्र्याए ।
अनमोलले स्कुले शिक्षा पूरा गर्दा नगर्दै भुवन र सुस्मिताको सम्बन्धमा दरार उत्पन्न भयो । दुवैले औपचारिक रुपमा सम्बन्ध विच्छेद गरे । अहिले भुवन जिया केसी नाम गरेकी नायिकासँग प्रेममा छन । जिया भुवनसगै उनको घरमै बस्दै आइरहेकी छन भने सुस्मिता भारतीय ब्यापारीसँग प्रेममा छिन । दुवैको चाडै विवाह हुने बताइए पनि त्यसले पूर्णता पाउन सकेको छैन । भुवनले जियालाई रुम पार्टनर बनाएपछि उनको फिल्मी करिअरमा पूर्णविराम लागेको छ । 'एटीएम, बर्बाद, दनकजस्ता यौन परक चलचित्र खेलेर चर्चामा आएकी जिया चलचित्र क्षेत्रमा भविष्य नदेखेर भुवनको रुम पार्टनर बन्न पुगेकी हुन्,' उनी निकट एक नायिकाले भनिन् ।
पिजडा चलचचित्रबाट नेपाली रजतपटमा प्रवेश गरी एक्सन नायकको छवि बनाएका निखिल उप्रेती पनि दुई श्रीमतीका कारण निकै चर्चामा आए । दुई वटी श्रीमतीका कारण भुवन र शिवले आफ्नो फिल्मी करिअर जोगाएपनि निखिलको भने चार वर्ष त्यसै खेर गयो । धादिङकी कोपिला उप्रेतीलाई लामो समयको प्रेमपछि श्रीमती बनाएर एक छोरा जन्माएका निखिलले चलचित्र खेल्ने क्रममै सञ्चिता लुइटेलसँग दोस्रो विवाह गरे । सञ्चितासँग विवाह गरेलगतै नेपाली चलचित्र खेल्न छाडेर निखिल मुम्बई बस्न थाले । तर, मुम्बईमा उनले हिन्दी फिल्म खेल्न सकेनन् । चार वर्षको गुननाम जिन्दगीपछि उनी अहिले फेरि नेपाली चलचित्रमा अभिनय गर्न आइपुगेका छन । त्यसका लागि उनी आफैले चलचित्र निर्देशन गर्नुपर्यो । भैरव नामक चलचित्र निर्देशन गरेर नेपालमै बस्न लागेका निखिल अहिले विस्तारै अन्य निर्माता निर्देशकका चलचित्रमा अनुबन्ध हुन थालेका छन ।
कोपिलालाई भक्तपुरको बालकोटमा घर बनाइदिएका निखिल भने अहिले सञ्चिता लुइटेलसँगै बस्दैं आएका छन । सञ्चिताबाट निखिलका दुई सन्तान छन् । त्यसो त निखिल र कोपिलाबीच सम्बन्ध विच्छेद भएको छैन । सञ्चितासँग विहे गरेर भारत हिडेका निखिलले बहुविवाहको मुद्धामा जेल जानुपर्ला भन्ने डरले चलचित्र करिअर नै डुबाउन पुगेका हुन ।
निखिलकी दोस्री श्रीमती बनेकी सञ्चिताको आकाश शाह नाम गरेका ब्यक्तिसँग विहे भएको थियो । आकाशसँग एक डेढ वर्षसँगै बसेकी सञ्चिताले पछि डिभोर्स दिएकी थिइन । नेपालकी सुन्दरी नायिकाको उपाधि पाएकी सञ्चिता यतिखेर पुनः चलचित्र अभिनयमा फर्केकी छन् ।
यतिखेर अर्काको घर विगारेको आरोप नायिका सौजन्या सुब्बालाई लागेको छ । आजको तरुणमा समाचार छ ।
Post a Comment