उनले बिहेको अघिल्लो दिनदेखि नै ज्वरोले सताइएका श्रीमान्ले बिहेको जग्गेमा बस्दा निकै कठिनाई झेलेको आजको नयाँ पत्रिकासँग कुराकानी गर्दै बताएकी छन् । ‘बिहेको अघिल्लो दिन ज्वरोले उहाँ ओछ्यानबाट उठ्न सक्नुभएको थिएन’, श्वेताले भनेकी छन्,‘भोलिपल्ट दिनभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह«ो भएन ।’
श्वेताले आफ्नो सुहागरात नै बेदनामय भएको समेत बताएकी छन् । उनले श्रीकृष्णलाई व्यथाले च्यापेपछि परिवारका सबै सदस्य उनलाई कुरेर बसेको बताइन् । ‘हाम्रो सुहागरात वेदनामय भयो । उहाँलाई व्यथाले चापेपछि म र परिवार रातभरि उहाँलाई रुँगेर बस्यौं’, श्वेताले भनिन् ।
श्वेताले श्रीकृष्णले छाडेपछि चार महिना मरेतुल्य भएर बिताएको बताएकी छन् । उनले उक्त अवधिमा दिन र रातको समेत भेउ नपाएको बताइन् । ‘उहाँले छाडेपछिका चार महिना त मैले मरेतुल्य भएर बिताएँ । मलाई दिन र रातको समेत भेद भएन । थला परेको विरामीलाई जसरी अरुले स्याहारेर राखे । दुई महिना डिप्रेसनको औषधि खानुपर्यो’,श्वेताले भनिन् ।
Post a Comment