आयोडी छालाका लागि जरुरी मिनरल हो । यो थाइराइड हम्रोन उत्पादनका लागि महत्वपूर्ण मिनरल मानिन्छ । यसको कमीले शारीरिक तथा मानसिक विकासमा बाधा उत्पन्न हुनसक्छ । आयोडीनको कमिले गलगाँड आउने पनि हुन्छ । त्यसैले सरकारले सुपथ मुल्यमा आयोडीन युक्त नुन बितरण गर्दै आएको छ । आयोडीनको अर्को फाइदा कमैलाई थाहा होला । आयोडीनले छाला सुन्दर गराउन पनि मद्धत गर्छ । त्यसैले आयोडीन युक्त खाना खानुपर्छ ।
१) आयोडीन युक्त नुन ढिके नुनमा आयोडीनको मात्रा अत्यन्तै न्युन हुन्छ । त्यसैले आयोडीन युक्त धुलो नुन सेवन गर्नुपर्छ ।
२) समुद्री तरकारी समुद्री क्षेत्रमा उत्पादन हुने फलफुल, तरकारी र अनाजमा आयोडीनको मात्रा प्रशस्त हुन्छ । ३) बेब्ड आलू सबै प्रकारका आलूमा केहीमात्रामा आयोडीन पाइने भएपनि बेक्ड आलूमा आयोडीनको मात्रा बढी हुन्छ । एक मध्यम बेक्ड आलूमा ६० माइक्रोग्राम सम्म आयोडीन पाउन सकिन्छ । ४) दूध दूधमा क्याल्सियम र भिटामीन मात्र पाइन्छ भन्ने आमधारण छ । तर दूधमा आयोडीन पनि पाउन सकिन्छ । एक कप दूधमा ५६ माइक्रोग्रामसम्म आयोडीन पाउन सकिन्छ । ५) विरे नुन यसलाई हिमालयन क्रिस्टल नुन, ग्रे साल्ट, कालो नुन पनि भनिन्छ । सबै प्रकारका नुनमा आयोडीन पाइने भएपनि विरे नुनमा अरुमा भन्दा बढी आयोडीन पाइन्छ । ६) समुद्री माछा समुद्री माछामा आयोडीन प्रशस्त पाइन्छ । यसबाहेक समुद्री माछामा ओमेगा थ्रि फ्याटी एसिड, फोलेट, फोटाशियम, भिटामिन इ पनि भरपुर मात्रामा पाइन्छ । ७) क्रेनबेरीज गाढा रङ्को क्रेनबेरीजमा आयोडीनका साथै भिटामिन सी, के, बी, फाइबर पनि प्रशस्त पाउन सकिन्छ । यसमा एन्टिअक्सिडेन्टसमेत पाउन सकिन्छ । यो फलमा सुगरमा मात्रा पनि प्रशस्त हुन्छ । ८) सिमी सिमीमा पनि आयोडीनको मात्रा प्रशस्त हुन्छ । यसमा प्रोटीन, तामा, फोलेट, क्याल्सियम, तामा, फाइबर पनि पाउन सकिन्छ । ९) उमालेको अण्डा एउटा उमालेको अण्डामा १२ माइक्रोग्रामसम्म आयोडीन पाउन सकिन्छ ।
Post a Comment