२०७२ फाल्गुन २७ बिहीवार
घोराही: आठ वर्षकी थिइन् विमला चौधरी । एक दिन उनका बुबाले काखमा लिएर माया गर्दै भने, 'तेरो खुट्टामा चप्पल पनि छैन, फेर्ने कपडा पनि छैन, हाम्रो घरमा खाने करा पनि छैन' उनले स'निरहिन् 'जिम्दारको घरमा बस्, राम्रो खान पाइन्छ, लुगा पनि राम्रो दिन्छन्, जुत्ता चप्पल किनिदिन्छन्।'
'ओहो, मिठो खाने अनि राम्रो लगा लगाउने? अनि त्यो छाप्रोबाट जमिन्दारको घरमा बस्ने !' विमला मख्ख परिन् । अनि बस्न राजी भइन्। बाबले अर्को दिन गाउँकै जमिन्दारको घरमा लगिदिए । साँझ दूध र भात दिए, त्यो खाइन्। पछि पो उनलाई थाहा भो, त्यो दूध र भात त जमिन्दारका छोराछोरीले खाएर फालेको पो रहेछ।
मुछेको थियो 'त्यो बेला जुठोसुठोको के मतलब, मिठो खान पाए पग्थ्यो।' अलिअलि उनी बुझ्ने हुँदै गइन्। गाउँबाट उनलाई घोराही बजारमा 'सरुवा' गरिएको थियो, जमिन्दारको छोरीका घरमा । त्यसपछि बल्ल उनलाई थाहा भो, 'म त कम्लहरी भएको भएको रैछ।'
तीन वर्ष घोराहीमा कम्लहरी बसेपछि फेरि जमिन्दारकी अर्की छोरीको घर बटवलमा 'सरुवा' भो, सुत्केरी स्याहार्न। करिब तीन वर्ष उनले बुटवलमा भाँडा माझिन्। गाउँमा ती बालिकाले जमिन्दारका भाँडा माझ्थिन्। गोठालो जान्थिन् अनि घाँस दाउरा र भकारो सोहर्ने काम थियो।
उनी सानै थिइन्। जमिन्दारका छोराछोरी पलङमा सत्थे। उनलाई भुँइमा सुताइन्थ्यो। एक दिन उनले डर लाग्दो सपना देखिन्। ब्युँझिँदा भूइँ चिसो थियो। उनले ओछ्यानमै पिसाब गरिछन्। त्यसपछि उनले धेरै कुटाइ खाइन्। गाली पनि पाइन्।
सजाय, उनलाई बैठककोठाको भुँइमा सुताइयो। 'कम्लहरी न थिएँ, हरेक दिनको पीडा कसरी भन्न सकुँला र?' ती दिन सम्झिदाँ अहिले पनि उनी भावुक हुन्छिन्।आज यी विमला चौधरी 'घ'म्ने मेच'मा बस्छिन्।
पश्चिम नेपालमा मुक्त भएका करिब साढे १२ हजार मुक्त कम्लहरीको अगवा भएकी छन् । कक्षा १२ मा व्यवस्थापन पढ्दै गरेकी यी पूर्व कम्लहरी किशोरी अहिले 'मुक्त कम्लहरी विकास मञ्च' की पूर्व अध्यक्ष हुन्।
मुक्त भएका कम्लहरीको जीवन व्यवस्थापन र अरूको घरमा बसिरहेका कम्लहरीलाई मुक्त गर्ने अभियान चालेको यो संस्थाले अहिले पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा काम गरिरहेको छ।बुटवलमा कम्लहरी भएकै बखत उनलाई मुक्त कम्लहरीको क्षेत्रमा काम गर्दै आएको 'एफएनसी' ले बटवलबाटै उद्धार गरेको थियो। त्यसपछि उनी केही समय घरमै बसिन्।
कम्लहरी बसेबाफत उनलाई वर्षको पाँच हजार दिइन्थ्यो। त्यो टट्यो । घरमा बबाआमाको कचकच सर हन थाल्यो। त्यसपछि बबा कमाउन विदेश पसे। अर्का दाइ पनि विदेशिए। त्यसपछि फेरि एफएनसीकै पहलमा उनी हापरको उच्चमावि निघवारमा कक्षा ६ मा भर्ना भइन्।
'पढ्ने रहर त सानैदेखि थियो नि', उनले भनिन्, 'कम्लहरी बस्दाबस्दै पनि पढिरहेको थिएँ।' पढ्ने चाहनालाई कसले रोक्ने? कम्लहरी छँदै उनले बबालाई भनेर गाउँकै स्कलमा नाम लेखाएकी थिइन्। बिदा मिलाएर परीक्षा मात्रै दिन आउँथिन्। त्यस्तै गरेर उनले कक्षा पाँचसम्म पढिन्।
त्यसपछि एक दिन मालिकले थाहा पाएर गाली गरे, ‘कम्लहरीले पनि पढ्ने? भोलि अर्काको घरमा जाने जात, पढेर के हन्छ?' त्यसपछि उनको पढाइ एक वर्ष रोकियो। अर्को वर्ष उद्धार भएपछि सीधै कक्षा ६ मा भर्ना भइन्। त्यसपछि त्यही स्कलबाट एसएलसी गरिन्। लगत्तै २०७० सालमा उनी मुक्त कम्लहरी विकास मञ्चको अध्यक्ष भएकी छन्।
सानै उमेरमा ठूलो जिम्मेवारी लिँदा धेरै गाह्रो हँदो रैछ, तै पनि केही गर्ने आँट छ, अझै धेरै गर्नुपर्ने छ। २०७० सालमा उनी अध्यक्ष हुँदा यो संस्था अस्तव्यस्त थियो। १८ वर्षकै उमेरमा यति ठूलो संस्थाको अध्यक्ष !
'अब त जिम्मेवारी पनि बढेको छ, यतिका दिदीबहिनीको भविष्यको जिम्मेवारी छ' भर्खरै २१ लागेकी यी पूर्वकम्लहरी भन्छिन्, 'सानै उमेरमा ठूलो जिम्मेवारी लिँदा धेरै गाह्रो हँदो रैछ, तै पनि केही गर्ने आँट छ, अझै धेरै गर्नपर्ने छ।' २०७० सालमा उनी अध्यक्ष हँदा यो संस्था अस्तव्यस्त थियो।
१८ वर्षकै उमेरमा यति ठूलो संस्थाको अध्यक्ष ! धेरैले विश्वास पनि गरेनन् अनि पत्याएनन् पनि। धेरै विरोध पनि भयो। तर पनि उनले हिम्मत हारिनन्। 'अहिले धेरै सम्हालेकी छ, सबै दाताहरूले सहयोग पनि गरेका छन्, धेरै पूर्वकम्लहरी व्यवस्थित पनि भएका छन्।'
पाँच जिल्लामा विद्यालय गइरहेका करिब ४ हजार मुक्त कम्लहरी, छरिएर रहेका उमेर पगेकाहरूको सीपमूलक तालिमको व्यवस्थापन, पाँच जिल्लामा करिब ३ सय २४ जना कम्लहरीको उद्धार गर्नपर्नेलगायत धेरै जिम्मेवारी छन् उनका। अहिले व्यवस्थापन संकायमा प्लस टु गरिरहेकी उनको लक्ष्य छ, सफल व्यवस्थापक बन्ने। ‘म व्यवस्थाक नै बन्छ होला' कर्सीमा घम्दै उनले भनिन्, ‘आफ्नो क्षेत्र पनि यही पर् यो, राम्रो व्यवस्थापकको जहाँ पनि कमी नै हन्छ।'
विभिन्न संघसंस्थाले दिएको तालिम अनि अवसरले उनको आत्मबल पनि बढेको छ । व्यक्तित्व विकास पनि भएको छ। ‘कम्लहरी बसेको मान्छे, नयाँ मान्छे र नयाँ ठाउँमा बोल्न डर लाग्थ्यो । पछि बानी पर्यो', विमला भन्छिन्, 'अब त आत्मबल पनि बढेको छ। धेरै कुरा जानियो अनि सिकियो जस्तो लाग्छ।'
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.