‘मलाई लाग्छ मैलेजस्तै अरू धेरैले यही सोचेको होलान् कि यस वर्षको ओस्कार अवार्ड, लियोनार्दोले जित्नुपर्छ’, केटले भनेकी छन् ।
निर्माणलागत, कथा, प्रस्तुति, अभिनय सबै दृष्टिकोणले संसारभर वाहवाही पाएको यो चलचित्र व्यावसायिक रूपमा पनि त्यत्तिकै सफल भएको थियो ।
कति पटक उनीहरूको रोमान्सका समाचारले विश्वमा सनसनी पनि मच्चायो तापनि आफूहरू असल मित्र भएको बताउँदै आएका छन् । यो जोडी सन् २००३ मा चलचित्र रेभोलुसनरी रोडमा पनि सँगै देखिएका थिए ।
केटले यस वर्षको ओस्कार लिओनार्दोले जित्नुपर्छ भन्ने अभिव्यक्तिपछि यो जोडी पुनः चर्चामा आएका हुन् । आगामी फेब्रुअरी २८ मा हुने ८८ औं ओस्कार अवार्डमा लियोनार्दो वेस्ट एक्टरका लागि मनोनयनमा परेका छन् भने विन्स्लेट स्पोटिङ एक्ट्रेसका लागि मनोनयनमा परेकी छन् ।
एकेडेमी अवार्डका नामले समेत चिनिने ओस्कार अवार्ड विश्व चलचित्रमा सर्वाधिक सम्मानित मानिने अमेरिकी अवार्ड हो । यो वार्षिक रूपमा आयोजना हुँदै आएको छ । यस अवार्डको पहिलो संस्करण सन् १९२९ मा भएको थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.