चीनमा आयोजित ‘वल्र्ड मिस युनिभर्सिटी’ को २७ औं संस्करणमा नेपालकी सुन्दरी नगमा श्रेष्ठले थर्ड रनरअपको ताज पहिरिएकी छिन् ।
७० भन्दा बढी देशका प्रतियोगी सहभागी भएको वल्र्ड मिस युनिभर्सिटीमा पेरुकी सुन्दरी विजयी भएकी छिन् भने पाकिस्तान र चीनका सुन्दरी क्रमशः फष्र्ट र सेकेन्ड रनरअप बनेका छन् ।
नेपालकी नगमाले थर्ड रनरअपको ताजसँगै ‘मिस फिटनेस’ विधामासमेत विजय हासिल गरेकी छिन् । उनी १८ औं मिस नेपालकी उप–विजेता हुन् । उनी सोही वर्ष नेपालका तर्फबाट फिलिपिन्समा आयोजित ‘मिस अर्थ’ मा भाग लिएर टप आठसम्म पुगेकी थिइन् भने अन्तर्राष्ट्रियस्तरको सुन्दरी प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको पहिलो सुन्दरी बनेकी थिइन् । साथै मिस अर्थ प्रतियाेगितामा चित्रकलामा दाेस्राे स्थान हासिल गरेकी थिइन् । सामाजिक सेवामासमेत लागेकी नगमा टेलिभिजनमा कार्यक्रमसमेत चलाउँछिन् ।setopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.