हलिउड चर्चित अभिनेता चार्ली शिनलाई एचआइभी संक्रमण
न्युयोर्क–चर्चित हलिउड अभिनेता चार्ली शिनले आफूलाई एचआइभी भएको खुलासा गरेका छन्। एक अमेरिकी टेलिभिजनलाई दिएको अन्र्तवार्ता उनले आफूलाई एचआइभी संक्रमण भएको बताएका हुन्।
५० वर्षीय अभिनेता चार्लीमाथि एचआइभी भएको हल्ला विगत केही महिनादेखि चलेको थियो। उक्त हल्लालाई पुष्टि गर्दै अभिनेता चार्लीले अमेरिकी टेलिभिजन एबिसीको एक प्रत्यक्ष कार्यक्रममा आफूलाई एचआइभी भएको बताएको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उनका अनुसार चार वर्षपहिला एचआइभी संक्रमण भएको पत्ता लागको थियो। 'मलाई एचआइभी संक्रमण भएको चार वर्ष भएको छ,' उनले भने,' मैले यो कुराको खुलाशा गर्नुको कारण मलाई कसैले पनि ब्ल्याकमेल नगरोस भन्ने हो।'
चार्लीले उपचार गराएका डाक्टरमाथि एकदमै भरोसा गरेको तर, उपचारमा संलग्न डाक्टरले ब्ल्याकमेल गरेको जनाए। चार्लीले आफूमाथि लागेको संक्रमण कसैलाई पनि नभन्न डाक्टरलाई अनुरोध गरेका थिए। तर त्यसवापत उनले डाक्टरलाई दश मिलियन डलर दिएको खुलासा गरेका छन्। डाक्टरले बारम्बार ब्ल्यामेल गर्दै सो रकम आफूबाट लिएकोसमेत उनले खुलाशा गरेका छन्।
कार्यक्रममा चार्लीले आफूलाई आज जेलबाट मुक्त भएको जस्तो भन्दै एचआइभी भएको खुलाशा गरेका हुन्। 'आज म आफूलाई यो जेलबाट मुक्त गर्दैछु,' उनले भने,'मैले ती मानिसलाई विश्वास गरेको थिएँ, जो मेरा लागि खास मानिस थिए, तर उनीहरुले मेरो मजबुरीको फाइदा उठाए।' उनले आफूलाई चार वर्ष पहिला नै संक्रमण भएको थाहा पाएको भएपनि त्यो कसरी भयो भन्ने कुराबारे अझैपनि अनविज्ञ रहेको बताए। 'यी तीन शब्द्धलाई कबुल गर्न निकै मुश्किल हुन्छ,' उनले भने,'यसको सुरुवात टाउको दुखेर सुरु भयो। मलाई लाग्यो यो ब्रेन ट्यूमर हो, त्यतिबेला मलाई लाग्यो अब सबै सकियो।'
चार्लीले आफूले हालसम्म ५ हजार महिलासँग यौनसम्पर्क राखेको खुलासा गरेका छन्। तर आफ्ना कारण कसैलाई पनि एचआइभी संक्रमण नभएको दाबी गरे। तर उनीमाथि कारवाहीको माग गर्दै मुद्दासमेत दर्ता भएको थियो। अमेरिकाको ३५ राज्यमा कसैलाई पनि एचआइभी संक्रमित गर्नु कानुनी अपराध मानिन्छ। चार्लीका अनुसार उनले यौन सम्पर्क गरेको ५ हजार महिलामध्ये पोर्न स्टार्स, यौनकर्मी तथा ठाउँ ठाउँमा सांगीतिक कार्यक्रम गर्ने युवतीसँग यौन सम्पर्क गरेका थिए। एक यौनकर्मीले चार्लीको बाथरुममा एचआइभीको औषधि देखेपछि उनलेसमेत चार्लीलाई ब्ल्याकमेल गरेको उनले बताए। चार्ली पाँच बच्चाका पिता हुन्। उनले २०११ मा विरामीका कारण उनी चर्चामा छन्। चार्लीका पूर्व पत्नीमध्ये जेम्स बान्ड फिल्मकी हिरोइन हुन्।
nagariknews
Post a Comment