बर्षौंपछि सँगै भेटिएका पारस र हिमानीले छोरा छोरीसँगै राखेर फोटो खिचाए

काठमाडौँ, १८ फागुन - पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी केही दिनअघि भेट भएका छन्।

पारसको फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोह उनीहरु भेट भएका हुन्। विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका छन्।

२०७१ को १९ चैतमा पूर्व युवराज पारस नेपाल फर्किए पनि उनको हिमानीसँगको सम्बन्ध राम्रो छैन। पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी श्रीमतीसँगै एउटै तस्बिर देखिएका थिएनन्। थाइल्याण्डमा रहँदा कन्निका चाइयासार्नसँग प्रेम सम्बन्धमा भुलेपछि हिमानी र पारसको सम्बन्धमा उतार चढाव देखा परेको थियो।

युवराज भएपछि एभरेस्ट होटलमा आफ्नी श्रीमती हिमानीलाई तर्साउन हवाइ फायर गरेको भन्दै विगतमा नै पारस विवादमा तानिएका थिए। हिमानीसँगको झगडाका कारण उनले गोली चलाएको भनिए पनि सो घटना गुपचुप नै राखिएको थियो।

२०६८ जेठमा पारसले बहिनीज्वाइँ राजबहादुर सिंहलाई कुटेको खबर सार्वजनिक भएको थियो। बहिनीलाई दुःख दिएको भन्दै उनले याक एन्ड यतीको रोयल क्यासिनोमा पुगेर सिंहलाई कुटेका थिए।

पारस थाइल्यान्डमा रहँदा पनि उनी पटक पटक लागू पदार्थ राखेको अभियोगमा समातिए, जेलसमेत परे। हिमानी भने काठमाडौँमा रहेर समाजसेवामा लागिन्। थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन्।

पहिलो पोस्टबाट

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget