तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो। प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे। नयाँ पत्रिका दैनिकमा समाचार छ।
१५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए। शनिबार मन्दिरमा बिहेको तयारी थियो। बिहान उनी दाह्री काट्ने तयारीमा लागे। प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन्।
मेकअफ गर्न हिडेकी प्रेमिका फर्किनन्
बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे। तर, फोन स्विच अफ थियो।
तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए। त्यसपछि उनी प्रहरीकहाँ पुगे। गोरखा घर बताउने ती २२ वर्षीया युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन्।
तीन महिनाअघि चिनजानले डुबायो
३५ वर्षीय पाैडेल पाँच वर्ष दुबई बसेर नेपाल फर्किएका हुन्। विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले नवलपरासीको गैंडाकोटमा पाैडेल खाजा घर खोलेका थिए। त्यही खाजाघरमा सुषमासंग उनको करिब तीन महिना अघि चिनजान भएको हो।
पौडेललाई यसरी फसाइन् प्रेमिकाले
सुषमाले आफ्ना बुबाआमा बितिसकेकाले नारायणघाटस्थित मामाले आफ्नो बिहे गरिदिने बताइन्। मामा धनी व्यक्ति भएकाले देखाउनका लागि मात्र भएपनि केही गहना चाहिने बताइन्। पौडेलले पनि केही किने भने केही आफन्तसंग मागेर गहना सुषमालाई दिएका थिए। तर सुषमाले त्यही गहना फुत्काउन तीन महिनासम्म प्रेमको नाटक गरेकी थिइन्। नक्कली प्रेममा पौडेलले करिब तीन लाख गुमेको छ। प्रेम र विवाहको नाममा युवतीले ठगी गरेको र उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणघाटका प्रहरी निरीक्षक सत्यनारायण थापाले बताए। setopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.