काठमाडौं , १२ पुस । शनिबार राजधानीमा शीर्ष राजनीतिक दल र मधेसी मार्चाको वाता चलीरहँदा मधेसमा राजेन्द्र महतोको टाउकोमा लाठीका वर्षा बज्रीरहेका थिए । यही कुरालाइृ उपेन्द्र यादवले बैठकमा उठाए ।
उनले प्रचण्डलाई प्रश्न गर्दै भने प्रचण्डजी वार्ता गर्ने तरिका यही हो रु हामी लचिलो भएर वार्ता गर्ने राजेन्द्र महतोजी लगायतलाई मरणासन्न हुने गरी घाइते बनाउने ?
काँग्रेस सभापति शुशिल कोइराला निवास महारञ्जगञ्जमा चलेको वार्ता सकारात्मक भए पनि राजेन्द्र महतोको काण्डले मधेसी नेताहरुले भाँझो हाल्ने निउ पाए र सीमाकंन भन्दा पनि राजेन्द्र महतो घाइते भएको विषयले चर्चा पायो ।
मोर्चाका नेताहरुले आफ्ना मान्छेको टाउको फुटाएर सरकारले वार्ताको नाटक रचेको आरोप समेत लगाए ।
osnepal
Post a Comment