कलैयामा गोली चल्यो, एमाले र कांग्रेसको पार्टी कार्यालयमा तोडफोड, अवस्था तनावग्रस्त
काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कलैयास्थित कांग्रेस र एमालको जिल्ला पार्टी कार्यालयमा तोडफोडको प्रयास गरेका छन् ।
मधेसी मोर्चाका कार्यकर्ताले आज यस क्षेत्रमा लाठी जुलुस निकालेका थिए । हातमा लाठी समातेका आन्दोलनकारी कलैयास्थित कांग्रेस र एमालको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्न गघि बढेपछी स्थिति तनावग्रस्त भएको हो ।
प्रहरीले प्रदर्शनकारीलाई भगाउन १ राउण्ड हवाई फायर र ७ राउण्ड अश्रु ग्यास चलाएको छ । गाउँ गाउँबाट आएका हजारौं मोर्चाका कार्यकर्ताले कलैया नगरमा प्रदर्शन गर्दै प्रहरीमाथि ढुंगामुडाको पनि प्रयास गरेका थिए।
आन्दोलनकारीले मोतीवागमा रहेको कांग्रेस पार्टी कार्यालयमा ढुंगामुडा र तोडफोड गरेपछि पन्नावागमा रहेको एमाले कार्यालयमा तोडफोडको प्रयास गरेका थिए । प्रत्येक आन्दोलनकारीले धारिलो हतियार, खुकुरी, भाला र लाठी बोकेका थिए ।
dcnepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.