१६ पुस, काठमाडौं ।
संघीय समाजवादी पार्टीका नेता एवं विवादास्पद जनजाति अभियान्ता आङकाजी शेर्पाले राष्ट्रपति विद्या भण्डारीलाई ‘अतिहिन्दुवादी जवानी’ चढेको आरोप लगाएका छन् ।
कम्युनिष्ट नेताकी श्रीमती भएर पशुपतिमा पुजा गर्न गएको भन्दै उनले राष्ट्रपतिमाथि यस्तो गम्भिर टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘खाटी कम्युनिष्ट नेता मदनभण्डारीको श्रीमतीभित्र उर्लेको अतिहिन्दुवादी जवानी ! ज्ञानेन्दको शैलीमा पशुपतिनाथमा पूजा र स्वागत !
ज्ञानेन्द्रको बुहारी हिमानी, भुकम्प पिडितलाई गाउँघरमा कम्बल बाँडदै !, कम्युनिष्ट मदन भण्डारीको श्रीमती पशुपतिनाथमा पूजा गर्दै !’
यस अघि पनि आङकाजीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको सम्बन्धका विषयमा सार्वजनिक टिप्पणी गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई परस्त्री गमन गर्ने ब्यक्तिकोरुपमा समेत टिप्पणी गरेका थिए ।
nepaliheadlines
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.