उपप्रधानमन्त्री थापाको चीन भ्रमण: प्रधानमन्त्री जाने तयारी स्वरुप

 
१२ पुस, काठमाडौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण प्रधानमन्त्री केपी ओलीको आगामी चीन भ्रमणको तयारीअनुरूप भएको खुलेको छ । अहिले नै तयार भएका कतिपय विषय छलफलका रूपमा राख्दै आगामी वर्ष (सन् २०१६) को सुरुवातमा नै हुने सरकार प्रमुखस्तरको भ्रमणका क्रममा सम्झौता गर्ने भनिएपछि यो खुलासा भएको हो ।

तर २०१६ को कुन महिनामा प्रधानमन्त्रीस्तरको भ्रमण हुने स्पष्ट पारिएको छैन ।


चीनले नेपालसँगको सम्झौता नेपालको राजनीतिक सहमतिमा गर्न खोजेका कारण नहतारिएको पनि अधिकारीहरूले बताए । अहिलेको अवस्थामा नेपालमा राजनीतिक सहमति नभएकोप्रति लक्षित गर्दै चिनियाँ नेता र अधिकारीले कार्यकारीस्तरमा कतिपय सम्झौता गर्न सकिने परराष्ट्रमन्त्री थापालाई बताएका छन् ।

थापाकै भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) लगायतका सम्झौता गर्ने तयारी नेपालको थियो । तर चीनले यसमा थप अध्ययन गर्ने र दीर्घकालीन हितमा उपयोगी बनाउने भनेपछि नेपालले आस गरेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा), पारवहन तथा व्यापार सम्झौता र इन्धन आयात सम्झौतामा हस्ताक्षर हुन सकेन ।

ती सम्झौता गर्ने कुरामा दुवै देशबीच राजनीतिक तहमा सहमति जुटेको छ । चीनले यो विषयलाई कार्यकारीस्तरमा नै टुंग्याउन लागेकाले अहिले सम्झौता नभएको एक अधिकारीले बताए ।

‘यो भ्रमणले आगामी दिनमा द्विपक्षीय हितका लागि गर्ने कार्यको धेरै आधार तयार गरेको छ । सम्झौताभन्दा पनि त्यसका लागि बनाइने आधार निकै महत्त्वपूर्ण रहन्छ । त्यो तय भएको छ । अहिलेसम्मको सम्बन्धका बारेमा खुलेर छलफल भएको छ भने नेपाललाई परेको समस्या पनि स्पष्ट राखिएको छ,’ चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले भने, ‘नेपाल र चीनबीचको सम्बन्धमा केही अलमल भए पनि यो स्पष्ट पार्ने काम दुवै पक्षबाट भएको छ । यस अर्थमा भ्रमण सफल र सार्थक भयो । सम्बन्धलाई माझ्न यो स्तरको भ्रमण आवश्यक छ । आशा गरौं छिट्टै प्रधानमन्त्रीस्तरको भ्रमण हुनेछ ।’ कान्तिपुरमा खबर छ ।nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget