काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख सर्वेन्द्रनाथ खनालले पीडित महिला टीकामाया गोलेको पीडा सुनेपछि गत भदौ २८ गते नै कृषि विकास बैंक पुतलीसडकका तत्कालीन उपप्रमुख थानेश्वर पन्थी र ड्राइभर भाइचा महर्जनलाई पक्राउ गरी सौदाबाजीपछि रेकर्डमा नराखी छाडिदिएको खुलासा भएको छ ।
त्यसको दुई दिन अघिसम्म एसएसपी खनालले उनीहरुविरुद्द लिखित उजुरी लेऊ तुरुन्तै समातेर कारबाही गर्छु भन्ने गरेका खनालले उनीहरुसँगको सौदाबाजी पछि उजुरी लिनै नमानेको पीडित टीकामाया गोलेको आरोप छ । त्यसअघि एसएसपी खनालले टीकामायामाथि भएको अन्यायबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न प्रहरी निरीक्षक सुदीप पाठकलाई खटाएका थिए । आजको कारोबार दैनिकमा खबर छ ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.