पुस १६, २०७२- कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमणका बेला आफुले भारतीय नेतहरुससंग कुनै सहमति नगरेको दावी गरेका छन् ।
संविधान बन्नुअघिका भ्रमणमा भारतले हिन्दुराज्यबारे कुरा गरेको तर मुलुक धर्म निरपेक्षतामा गइ सकेको आफूले जानकारी गराएको देउवाले बताए ।
सरकार आफ्नै बोझले ढल्ने दोहोर्याउँदै नेता देउवाले भने, 'सरकार राम्रोसंग चलेकै छैन् ।' संविधानमा छुटेका कुरालाई पुनः मधेसी दलहरुको सहमतिमा संसोधन गर्ने तयारी भइ रहेकाले अव वार्ता चाडै सफल हुने वताए । 'सहमती नजिक पुगेका छौ,' देउवाले भने, 'सिमाङकनमा पनि अब कुरा मिल्छ ।'
संवाददाताहरुले तपाई आसन्न कांग्रेस महाधिवेशनमा सभापतिको उमेद्वार हो नि ? भन्ने प्रश्नमा देउवाको उत्तर थियो 'तपाईहरुले के लाग्छ म उमेद्वार बन्छु कि बन्दीन होला ।' पार्टी भित्र कृयाशील सदस्यताको विवादलाई आयोगले दिएको प्रतिवेदनलाई हु बहु पालना गरी समाधान गर्नु पर्ने देउवाको भनाइ थियो । शुक्रवार यहाँ हुने नेपाल महिला संघको अञ्चल स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन देउवा आएका हुन् ।
ekantipur
Post a Comment