वीरगन्जमा आन्दोलनकारी र तस्करबीच भिडन्त, व्यवसायीले लिन थाले तस्करको सहयोग

वीरगन्ज–वीरगन्ज रक्सौलस्थित मितेरी पुलमा गएराति आन्दोलनकारी र तस्करहरुबीच झडप भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनका कार्यकर्ताहरुले धर्ना दिएर नाका ठप्प पारेको वीरगन्ज रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा आन्दोलनकारी र तस्करहरुबीच फेरी दोहोरो झडप भएको हो । मधेशी मोर्चा ९९ दिन देखी नाका ठप्प पारेर धर्नामा बस्दै आएपनि पछिल्ला केही दिन देखि उक्त नाका हुँदै सामान भित्रिइरहेको छ ।
गएराती १० बजे करिब सय जनाको संख्यामा आएका तस्करहरुले भारतको रक्सौलबाट तस्करी गरी ल्याएको सामान मितेरी पुलको छेउमा रहेको पुरानो बाटोबाट ल्याउन खोज्दा आन्दोलनकारी र तस्कर बिच झडप भएको हो ।

झडपका कारण मितेरी पुलको अवस्था गएराति साढे १ बजे सम्म तनावग्रस्त रहेको नेपाल सदभावना पार्टी पर्साका सचिव कृणा पटेलले बताए ।
तस्करहरुले रक्सौलबाट टाँगा , ठेला र रिक्सामा ल्याएको तस्करीका कपडा, प्लास्टिकका सामान, भाँडाकुडा, डिजल, पेट्रोल, खाद्यान्न लगायतका समाग्री आन्दोलनकारीले रोक्न खोज्दा पछि तस्करहरु लठ्ठी भाटा बोकेर कुट्न आएको पटेलले बताए । धर्नामा १५÷२० जना मात्र आन्दोलनकारी बसेका बेला सय जनको संख्यामा आएका तस्करहरुले आक्रमण गर्न खोजेपछि स्थिती निक्कै तनाग्रस्त बनेको पटेलले बताए । पटेलका अनुसार तस्करहरुले आन्दोलनकारीको २ वटा मोटरसाईकल खोसेर लगेका छन् भने ना.२४.प ५६४७, ना.१४.प ४६९६ र ना.३१.प २९८५ नम्बरका मोटरसाईकल तोडफोड समेत गरेका छन् ।
पुस १३ गते राति रक्सौलबाट तस्करहरुले आन्दोलनकारीलाई धम्काएर ७ ट्रक भन्दा बढी समान रक्सौलबाट वीरगञ्ज ल्याएका धर्नामा बसेका बाराको पकडीयाका लक्ष्मीलाल त्यागीले बताए ।
उनका अनुसार गत १३ गते राती धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुले समान रोक्न प्रयास गरे पनि धर्नाकारी भन्दा सामान भित्राउनेको समूह ठूलो भएको र उनीहरुले बलजफ्ती गरेकाले रोक्न नसकिएको बताए ।
तीन महिना भन्दा बढी समयको नाकाबन्दीले सामान भारतर्फ नै अड्किएपछि व्यापारीहरुले तस्करहरुको सहयोग लिन थालेका छन् । नाकाबन्दीका कारण भारतको रक्सौलमा ९९ दिन देखी थन्किएको मालसाम बिग्रिन थालेपछि तस्करहरुलाई बढी पैसा दिएर भारतको रक्सौलमा थन्किएको मालसाम वीरगंज भित्राउन बाध्य भएको वीरगंजका एक व्यपारीले रातोपाटीलाई बताए ।bhidanta

भारतबाट नेपालमा ६० प्रतिशत भन्दा बढी समान वीरगञ्ज नाका हुँदै भित्रिने गरेको छ । रक्सौलबाट एक पोका वीरगञ्जसम्म र्पुयाउँदा सामान हेरेर १५ सयदेखि २५ सय सम्म लिने गरेको एक तस्करले बताए ।
ग्राहकले भनेको ठाउँमा जस्तोसुकै अवस्थामा पनि सुरक्षित तरिकाले मालसामान पुगाउने उनले बताए । रक्सौलबाट वीरगंज सम्म सामान ल्याउदा यदी कुनै पनि किसिमको नोक्सान भयो भने तस्कलेले नै ग्राहकलाई छतिपुर्ती दिनुपर्ने समेत बताए ।

थिए । विहान ६ बजे प्रहरी पुगेर झ्याल ढोका फोडेर हेर्दा सबै मृत भेटिएका थिए । आगलागीबाट एउटा कोठा पुरै जलेको छ ।
ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget