रतुवा र मावाको अब पाता फर्काईन्छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीको गृह जिल्ला भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार झापाका दर्जनौ औपचारीक कार्यक्रममा सहभागी भएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि आफू निर्वाचित झापा क्षेत्र नम्बर ७ का दर्जनौं कार्यक्रममा एकै दिन सहभागी भएको यो पहिलो हो।
बिहीबार बिहान दमक गणतन्त्र चौक आयोजित पूर्वपश्चिम राजमार्ग राष्ट्रिय सरसफाई अभियान अन्तर्गत हातमा कुचो लिएर सहभागी भए। दमकमै निर्माण हुन लागेको दुईवटा आकासे पुलको उनले सोहि कार्यक्रममा शिलान्यास समेत गरे। धरमपुर पाँचगाछी सडक खण्डमा पर्ने कमलखोलामा निर्माण भएको कमलपुलको रिवन काटेर उद्घाट्न गरे।
त्यसैगरी प्रधानमन्त्री ओलीले बिहीबार दमक वहुमुखी क्याम्पसको ३५ औं वार्षिक उत्सव तथा छैठौ क्याम्पसभाको उद्घाटन गरे। सोही क्रममा क्याम्पसलाई जग्गा दान गर्ने दाता स्वगीर्य डम्बरवहादुर अधिकारीको अर्धकद्को शालिक अनावरण गरे।
उनले झापाको दमकलाई हरित नगरीको रुपमा विकसित गर्न आफू प्रतिवद्ध भएको उद्धघोष गरे। उनले दमक चिसापानि सडकलाई वहुवर्षे योजना अन्र्तगत सालिन्य स्तर बृद्धी कालोपत्रे गरिने बताए। प्रधानमन्त्री ओलीले दमक मधुमल्ला जोड्ने बाटोलाई पनि आफूले ध्यान दिएको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘अब रतुवा र मावा नदीको पाता फर्काएर दुवैतिर बाँध बाँधेपछि नदी कटानको समस्याबाट स्थानीय मुक्त हुन्छन्।’
यसैबीच उनले कुनैपनि हालतमा जातीय आधारमा राज्य सम्भव नहुने र नेपाल नटुक्रने ठोकुवा गरे। ‘जातै पिच्छे राज्य हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो विकराल परिस्थितिबाट जातीय राज्य हुनबाट नेपाललाई जोगाउन बुद्धीमानि हुनेछ।’
देशभित्रको समस्या देशभित्र समाधान गर्न आफू तयार रहेको ओलीले बताए। मधेसमा आन्दोलनरत दललाई लक्षित गर्दे उनले भने, ‘कसैले भड्काउदैमा, चिढ्याउँदैमा मुलुकको समस्या समाधान हुन्न, त्यस्ता कु तत्वसँग होसियार रहनुपर्छ। लोकतन्त्रमा असहमति र बिमति राख्न पाईन्छ तर संविधानसभाभित्र दुई तिहाई मतसंख्यामा पारित भएको नेपालको संविधानलाई अव सवैले स्विकार गरेर अघि वढ्नुको बिकल्प छैन।’
कार्यक्रममा पार्टी महासचिव इश्वर पोख्रेल, सचिव एबम् प्रचार प्रसार बिभाग प्रमुख योगेश भट्टराई, संविधानसभाका निवर्तमान अध्यक्ष सुवाशचन्द्र नेम्बाङ, कानुन मन्त्री अग्नि खरेल लगायतको उपस्थिति थियो।
setopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget