साउदी अरबमा ८६ अर्ब अमेरिकी डलरको घाटा बजेट पारित

फोटो :फाइल फोटो
 साउदी अरब:   साउदी अरबले आन्तरिक तथा बाह्य ऋणबाट व्यवस्थापन गर्ने गरी ८६ अबै अमेरिकी डलरको घाटा बजेट सन् २०१६ का लागि पारित गरेको अल अरेबियाले सोमबार बताएको छ ।

साउदी अरब सरकारले खर्चतर्फ २२३।९ अर्ब अमेरिकी डलरको र राजस्वतर्फ १३६।९ अर्ब अमेरिकी डलरको व्यवस्था गरी आर्थिक सुधारको प्रयास गर्ने सोमबार यहाँको वित्त मन्त्रालयद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।


साउदी अरबका वित्त मन्त्रालयले बजेट कार्यान्वयनका क्रममा बैंकिङ क्षेत्रको नगद प्रवाहलाई प्रभावित नगर्ने गरी ऋणको प्रबन्ध गर्ने बताउँदै इन्धनको मूल्यका कारण देखिएको समस्या अरबका लागि ठूलो समस्या नहुने बताइएको छ ।

इन्धन मूल्य देशका लागि खासै मुद्दा हुने छैन किनकी देशले यसलाई वर्षौदेखि सञ्चित मौज्दात नगदबाट व्यवस्थापन गर्नेछ, साउदी राजा सलमान विन अबदुल्लाजिज अल साउदीले बताए ।

यसैबीच, अल एकतिसादिया आर्थिक समाचार सम्बन्धी वेबसाइटले गैरइन्धनको राजस्व ४३ अबै अमेरिकी डलरले बढाइएको र यसबाट तेलको मूल्य समायोजनका लागि तेल उत्पादक राष्ट्रमा पर्नसक्ने दबाबलाई सजिलै घटाउन सकिने बताइएको छ ।

यो साउदी अरबले केही वर्षदेखिको अतिरिक्त घाटाका बाबजुद घाटा बजेट पारित गरेको दोस्रो वर्ष हो ।
annapurnapost-

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget