१४ पुस, काठमाडौं ।
संविधान निर्माण लगत्तै भारतको असन्तुष्टि बढेससँगै राष्ट्रियताको पक्षमा नझुक्ने बरु साइकल चढेर हिड्ने बताएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नाकाबन्दीको ३ महिनापछि साइकलमा देखिएका छन् ।
वातावरणलाई स्वच्छ राख्न भन्दै विज्ञान मन्त्री विशेन्द्र पासवानले प्रचण्डलाई दिएको साइकलमा उनी साइकलमा देखिएका हुन् । तीन मुख्य दलका शीर्ष नेतालाई मन्त्री पासवानले साइकल बाँडेका छन् ।
प्रदषणरहित वातावरण बनाउने अभियान अन्तर्गत आफै पनि साइकल चढ्दै आएका मन्त्री पासवानले नेपाली कांग्रेस, एमाले र एमाओवादीका अध्यक्षहरुलाई साईकल उपहार दिएका हुन । पासवानले प्रचण्ड निवास लाजिम्पाट नै गएर साइकल प्रदान गरेपछि प्रचण्डले साइकल चढेका थिए ।
nepaliheadlines
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.