ऋषि धमलाले चीन र भारत कुन रोज्नुहुन्छ भन्दै प्रश्न गर्दा प्रधानमन्त्रीले दिए यस्तो उत्तर !

काठमाण्डु,१३ पुस– प्रधानमन्त्री केपी शर्माओलीले मधेसको समस्या टुङ्गिने बिन्दुमा पुग्नै लागेको खुलासा गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दै ओलीले सो खुलासा गरेका हुन् । उनले भने, ‘छिट्टै परिस्थितिमा सुधार आउँछ । हामीले सघन ढंगले छलफल र संवाद गरिरहेका छौं ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा छलफल अझै तीब्रताका साथ अघि बढछ । आन्दोलनरत पक्षले कुरा बुझ्दै गईरहेका छन । अब सानो तहले बुझेको छैन, त्यसलाई पनि हामी बुझाउन लागेका छौ । छिट्टै अहिले देखिएको मधेसको समस्या समाधान हुन्छ ।’
प्रधानमन्त्री ओलीले संविधानमा नै संविधान संशोधन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै भने,‘आवश्यकता अनुसार प्रदेशको संख्या, नाम परिवर्तन हुन्छ । हाम्रोमा पनि हुन सक्छ ।’
उनले लामो प्रतिक्षा र प्रयासपछि प्राप्त लोकतान्त्रिक संविधान कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको बताउँदै संविधानसभाबाट संविधान प्राप्त गर्दा पनि उपलब्धीको रुपमा बुझ्न नसक्नु,पछाडि परेकालाई अगाडि बढाउने व्यवस्था सुनिश्चित गरेको बुझ्न नसक्नु, एक जात, भूगोल, पेशा र पार्टीका मानिसलाई शत्रुको रुपमा बुझ्नु र बुझाउनु हानिकारक प्रवृत्ति भएको टिप्पणी गरे ।
सीमांकनमा हेरफेर नहुने अभिव्यक्तिको विषयमा राखिएको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘जनताको ईच्छाअनुसार हुन्छ । सरकारले संविधानको पालना गर्छ । संविधानले जे सीमांकन गरेको छ मैले त्यही भन्ने हो । भोली सीमांकनमा वैद्यानिक ढंगले हेरफेर भए त्यही मान्छुृ ।
कसैको लहडबाजीमा मैले अरु कुरा गर्न मिल्दैन । एक ईन्च पनि यता उता हुँदैन भनेर कसैले पनि आफ्नो कोठेबारी भए जस्तो कुरा गर्नु हुँदैन र त्यहाका जनताले टुक्राउँदा विकासमा प्रतिकुल असर पर्छ भन्ने तर बाहिरकाले आफ्नो कुरा मान्न पर्छ भनेर निर्देशन दिने कुरा होईन ।’
उनले थपे,‘म एउटा जाती, क्षेत्रको कुरा गर्दिन म जातीय क्षेत्रीय पार्टीको होइन राष्ट्रिय पार्टी एमालको अध्यक्ष हु ।’
प्रधानमन्त्री ओलीले आफू सानो र छरितो मन्त्रिपरिषद निर्माणको सोचमा रहेपनि धेरै पार्टीको सरकार भएकोले अलिकति फरक परेको बताए ।
उनले २०७२ साल भित्रै आफूले छिमेकी भारत र चीनको भ्रमण गर्ने योजना सुनाउँदै चीन र भारत मध्ये अनुकुल र स्वभाविक हुने मुलकको पहिलो भ्रमण गर्ने बताए ।
प्रधानमन्त्रीले भने, ‘भारत र चीन जहाँ गएपनि हुन्छ । कहाँ पहिला र पछि भन्ने नियम छैन । जहाँ अनुकुल र स्वभाविक हुन्छ । त्यहाँ जाने हो । हाम्रो शत्रु कोही छैनन् । छिमेकीसँगको मित्रताबाहेक हामी अरु सोच्दैनौ । कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुरा सोच्दैनौ ।’
उनले थपे, ‘हाम्रो धेरै ठूलो कारोवार भारतसँग छ । त्यसैले भारत नेपालको सम्बन्धको गहिराई पनि त्यस्तै छ । चीनसँग पनि राम्रो सम्बन्ध छ । पारस्परिक लाभ र सम्बन्धको आधारमा अघि बढाउन चाहन्छौ । हाम्रो भूमि कसैको विरुद्ध प्रयोग गर्न दिदैनौ । एकको विरुद्ध अर्को प्रयोग गर्दैनौ । यस विषयलाई उचालेर वातावरण विगार्नु हुँदैन ।’
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget