डिजेलमा पानी मिसावट पाइएपछि भक्तपुरको सूर्यविनायक पम्पमा सिलबन्दी

भक्तपुरको सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरबाट डिजेल हाले लगत्तै गाडी नचलेपछि अनुगमन गर्न डिजेल निकाल्दै । वाणिज्य विभागले अनुगमन गर्दा डिजेल मिसावट भएको पाएपछि सिलबन्दी गरेको छ ।
भक्तपुर, १३ पुस । सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरमा आज वाणिज्य विभागले सिलबन्दी गरेको छ ।
पम्पबाट वितरण गरेको डिजेलले गाडी नचलेपछि डिजेलमा मिसावट भएको आशङ्कामा वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेसहितको टोलीले स्टोरको अनुगमन गरी सिलबन्दी गरेको हो ।
डिजेलमा पानीलगायत पदार्थ मिसावट गरेर बिक्री गरेको पाइएपछि वाणिज्य विभागले डिजेल बिक्री वितरण गर्न रोक लगाउँदै पम्पमा सिलबन्दी गरेको हो ।
बिहान डिजेल वितरण गरेलगत्तै गाडीको चल्न बन्द भएपछि डिजेलमा मिसावट भएको पत्ता लागेको थियो । आयल स्टोरले पाँचवटा गाडीमा डिजेल हालेलगत्तै कुनै पनि गाडी नचलेपछि चालकले डिजेल झिकेर हेर्दा धमिलो पानी जस्तो रहेको देखिएको बा३ख ६८३३ नम्बरको बसका चालक सुमन गोजाले बताउनुभयो ।
उक्त पम्पमा डिजेल भरेका बा२ख ४१९८ नम्बरको बसका चालक पूर्णबहादुर बजगाईंले चारदिन लाइन बसेर डिजेल हालेलगत्तै बसको इन्जिन नै बिग्रेकाले पम्प सञ्चालकले क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो ।
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले उक्त पम्पमा आइतबार साँझ ४००० लि डिजेल आएको र आज बिहान ८ बजे वितरण गर्दा मिसावट भएको पाइएपछि वाणिज्य विभागले परीक्षणका लागि डिजेलको नमुना लगेको जानकारी दिनुभयो ।
पम्प सञ्चालक मधु प्रधानाङ्गले भने आफूले डिजेलमा मिसावट नगरेको दाबी गर्नुभयो । रासस
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget