अर्को साताबाट पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने, आइओसीले भन्यो- चाहे जति दिन्छौँ

विज्ञान अधिकारी/पहिलोपोस्ट -
काठमाडौं : भारतबाट रक्सौल नाकाबाहेक सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि नेपाल आयल निगमले बजारमा आपूर्ति बढाउने भएको छ।

भारतको अघोषित नाकाबन्दीपछि पछिल्लो दुई दिनदेखि रक्सौल बाहेकका नाकाबाट सहज रुपमा पेट्रोलियम पदार्थ आउन थालेपछि निगमले बजारमा आपूर्ति बढाउने तयारी गरेको हो।

‘भारतबाट आउने पेट्रोलियम पदार्थको मात्रा बढेकोे छ। डिजेलको आपूर्ति राम्रोसँग भइरहेको छ,’ आयल निगमका वितरण विभाग प्रमुख एवं प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले पहिलोपोस्टसँग भने, ‘केही दिनभित्रै बजारमा पेट्रोलियम पदार्थको आपूर्ति बढाउँछौं।’

उनका अनुसार केही दिनभित्रै काठमाडौं बाहिर डिजेलको वितरण बढाउने योजना निगमले बनाएको छ। काठमाडौंभित्र अर्को साता नै चार पांग्रे सवारी साधनलाई पेट्रोल दिइने उनले बताए।

‘हामीले बेतालपुरबाट बढी पेट्रोल लोड गराउन भनेको छौं। त्यहाँबाट धेरै परिमाणमा पेट्रोल लोड भएको छ,’ घिमिरेले भने, ‘यसले निरन्तरता पाए चार पाङ्ग्रेलाई दिनेबित्तिकै दुई पाङ्ग्रे सवारी साधनलाई समेत दिन थाल्छौं।’

भारतले अघोषित नाकाबन्दी लगाएपछि आइओसीले विगतको तुलनामा २५ प्रतिशतमात्रै पेट्रोलियम पदार्थ दिएको थियो। यो मध्ये पनि पेट्रोल भने न्यून मात्रै दिने गरेको थियो।

भारतीय नाकाबन्दीपछि डिजेलको आपूर्ति बढी गरेर पेट्रोल न्यून परिमाणमा आएपछि निजी सवारी साधनलाई तीन पटक मात्रै पेट्रोल वितरण गरिएको थियो।

निगमले बिहीबार नयाँ आपूर्ति सचिव विष्णु लम्सालसँग छलफल गरेर पेट्रोलियम पदार्थ वितरण सहजीकरण गर्ने तयारी गरेको छ। वाणिज्य र आपूर्ति मन्त्रालय फुटाएपछि नयाँ आपूर्ति सचिवको रुपमा लम्साल आएका छन्।

कार्यकक्ष नहुँदा सचिव लम्साल सिंहदरवार आएका छैनन्। उनी कार्यालय नआउँदा पेट्रोलियम पदार्थ वितरणलाई खुकुलो बनाउने निर्णय हुन नसकेको आपूर्ति मन्त्रालय स्रोतले बतायो।

निगम स्रोतका अनुसार इन्डियन आयल कर्पोरेशन (आइओसी) ले आफ्नो डिपोमा गएको सबै ट्यांकरलाई तेल लोड गरेर पठाउन थालेको छ । निगमले बरौनी र बेतालपुरबाट धेरै तेल लोड गरेर नेपाल भित्र्याउने रणनीति अख्तियार गरेको छ।

यही रणनीति अनुसार सोमबार बेतालपुरमा एक सय ट्यांकर पेट्रोल लोड भएको निगमले जनाएको छ। स्रोतका अनुसार आइओसीले रक्सौल बाहेकका डिपोबाट चाहेजति पेट्रोलियम पदार्थ दिने प्रतिवद्धता जनाएकोे छ।

निगमका अनुसार देशभरको डिपोमा १२ हजार किलोलिटर डिजेल भण्डारण रहेको छ। काठमाडौंको थानकोट डिपोमा मात्रै ३३ सय किलोलिटर (३३ लाख लिटर) डिजेल छ। थानकोट डिपोमा पेट्रोल भने १३ लाख लिटर रहेको छ।
-pahilopost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget