संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको नाकाबन्दीमा उपस्थिति कम हुन थालेपछि नाकाबन्दी खोल्ने तयारीमा मोर्चा पुगेको छ ।
मोर्चाको बसेको आइतवारको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाकाबन्दी खोल्ने प्रस्ताव ल्याएको मोर्चाका एक नेताले बताए ।
नाकामा आन्दोलनकारीको संख्या कम भएपछि मोर्चाले किसानको बहाना बनाएको छ । मोर्चामा देखिएको आन्तरिक द्वन्द्वले गर्दा नेताहरु मधेश जान छाडेका छन् र त्यसले गर्दा आन्दोलनकारीमा निराशा उत्पन्न भएको छ ।
नाकाबन्दीका कारण किसानलाई आफ्नो उखु मिलसम्म पुर्याउन समस्या भएकोले आन्दोलनको स्वरुप परिवर्तन गरि नाकाबन्दी खुलाउनुपर्ने प्रस्ताव उनले बैठकमा राखेका थिए ।
उनले नाकाबन्दीको असर सिधै किसानमा परेको र नकारात्मक प्रतिकृया आउन सक्ने सम्भावना रहेकाले यसमा विचार गर्नै पर्ने कुरा राखेको बैठकमा सहभागि एक नेताले बताए ।
उपेन्द्र यादवको प्रस्तावप्रति तमलोपका अध्यक्ष महन्थ ठाकुर सकारात्मक देखिएको ति नेताको भनाई छ ।
बैठकमा सद्भावना पार्टीले भनेको नाका खुलाउन नहुने बताएको थियो ।
आजै तमलोपाका अध्यक्ष ठाकुरले रिर्पोटर्स क्लवले बुझाएको ज्ञापनपत्र बुझ्दै आगामि पुस १९ गतेपछि बस्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितको विषयमा छलफल हुने धारणा राखेका छन् ।
मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुष १९ गतेसम्मको कार्यक्रम चलिरहेको र त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुने उनले बताए ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.