विराटनगर स्थित गोल्डेन अस्पतालले महतोलाई आइतबार अस्पतालमा बस्न नपर्ने भन्दै डिस्चार्ज दिएपनि महतो आपूm विरामी रहेको भन्दै राति नै धरान स्थित प्रतिष्ठानमा भर्ना भएका हुन् ।
सामान्य उपचारपछि घर फर्काउनुपर्ने बिरामीलाई आइसियुमा राखेर स्क्याण्डल खडा गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अस्पतालसँग महतोको अवस्थाबारे जानकारी मागेको थियो ।
त्यसक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आईसियुमा राखेर उपचार गर्नुपर्ने वा नपर्ने अवस्थाबारे मेडिकल काउन्सिलले अध्ययन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएपछि अस्पतालले महतोलाई डिस्चार्ज गरेको हो ।
गोल्डेन अस्पताल विराटनगरमा प्रारम्भिक उपचार गरी सघन उपचार कक्षमा भर्ना भएका उनको अवस्था सामान्य भएको परीक्षणहरुमा देखिएको थियो । टाउको र घुँडामा सामान्य चोट लागेका महतोको सिटी स्क्यान गरेर परिक्षण गर्दा सबै अवस्था सामान्य देखिएको थियो । तर, गोल्डेन अस्पतालले महतोकै आग्रहमा उनलाई आईसियुमा राखेको थियो ।
महतोको अवस्था गम्भीर रहेको हल्ला चलेपछि तराई मधेसका जिल्लाहरुमा प्रदर्शन चर्किएको थियो । त्यसपछि स्थानीय प्रशासनले महतोको अवस्थाको बारेमा जानकारी माग्दै अस्पतालले गम्भीर अवस्था नभई आईसियुमा राखेको भए अनुसन्धान गर्ने चेतावनी दिएपछि राति नै अस्पतालले महतोलाई डिष्चार्ज गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएका महतो राति १२ बजे धरान स्थित विपी प्रतिष्ठानमा पुगेका थिए ।
महतो प्रतिष्ठानको पेइङ वार्डमा बसेका छन् । झडपमा लागेको चोट सामान्य रहेको र उनको प्रेसर तथा सुगर भने केही बढेको विराटनगरस्थित गोल्डेन अस्पतालले जनाएको छ ।
धरान स्थित प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सकहरुले हेरेपछि महतोलाई सोमबार बिहान प्रतिष्ठानको सर्जिकल सघन उपचार कक्षबाट पेइङ (दोब्बर रकम तिरेर चाडो उपचार गरिने वार्ड) मा सारिएको प्रहरीले जनाएको छ । महतोको टाउको र शरीरमा चोट लागेको भएपनि अवस्था सामानय रहेको प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् ।
महतोका कार्यकर्ताले प्रतिष्ठानका चिकित्सकलाई महतो गम्भीर रहेको भन्न दबाब दिएको स्रोतले जनाएको छ । प्रतिष्ठानको पेइङ वार्डको ४ नम्बर वेडमा रहनुभएका महतो हँसिलो मुहारमा कार्यकर्तासँग कुराकानी गरेपनि पत्रकारसँग भने कुरा गर्न मानेनन् । राम्रोसँग हिँडडुल गर्न तथा खानासमेत खान थालेका महतोका सहयोगीले भने उहाँको स्वास्थ्यमा सुधार नआएको दावी गरेका छन् ।
महतोलाई आइतबार राति सिकिस्त भन्दै प्रतिष्ठानको आइसिययुमा राखिएको भएपनि चिकित्सहरुले अवस्था सामान्य रहेको भन्दै वार्डमा सारेका हुन् ।khabardabali
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.