चीनसँग सम्झौताः अब यसरी बढ्नुपर्छ अगाडि

काठमाडौं, पुस १३ । भारतीय नाकाबन्दीले जनताको दैनिकी कस्टकर भइरहेका बेला अर्को छिमेकीमुलुक चीनसँगको सम्बन्धलाई लिएर धेरै बहस हुने गरेको छ । विशेष गरी इन्धन आपूर्तिको विकल्पमा चीनलाई हेर्ने गरिएको छ ।

यहीबीचमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आफ्नो चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सम्झौताहरु पनि गरेका छन् ।

सम्झौतापछि पनि नेपालले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई भने समानरुपमा अघि बढाउनुपर्ने सुझाव कुटनीतिज्ञहरुले दिएका छन् ।

नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको ६०औं वर्षगाँठको अवसर पारेर भएको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण भारतीय नाकाबन्दीका कारण उत्पन्न इन्धन संकट समाधानमै केन्द्रित छ ।

यद्यपि, यो भ्रमणमा आम अपेक्षाअनुरुप दुई देशबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा), पारवहन तथा व्यापार सम्झौता र इन्धन आयात सम्झौता हुन सकेन । तर, पनि केही सकारात्मक पहलहरु भने अवश्य भएका छन् ।
imagekhaba

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget