रौतहट— जिल्लामा गौरपछिको ठूलो व्यापारिक केन्द्र गरुडामा स्थानीय व्यापारी राम अयोध्या साह र उनका कान्छोभाइ ट्रकमा इँटा लोड गरेर पोखरातर्फ पठाउँदै थिए। मेथुरा चाेकमा मधेसी मोर्चाका कार्यकर्ताले ट्रकमा आगो सल्काइदिए। ट्रक जल्यो। इन्जिनिमा क्षति पुग्यो।
ना४ख ४६०५ र ना५ख १६७० नम्बरका दुई ट्रक मेथुर चोकमा मोर्चा कार्यकर्ताले जलाएका हुन्। सम्पति नस्ट भएकोमा आक्रोसित उनीहरुले बिहान चिया पसलमा चिया पिउन आएका मोर्चाका स्थानीय नेता कौशल खान मिथिलालाई सोधे, 'हाम्रो ट्रकमा किन आगो लगाएको?'
अागजनी गरिएको ट्रक
उनले भने, 'आन्दोलनका बेला व्यापार सञ्चालन गरेकाले जलाएका हौं।'
त्यसपछि दाजु राम अयोध्याय साह र उनका भाइ विनोद साह कौशलको कठालो समातेर प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय नजिकै भए पनि प्रहरी त्यहाँ आएन। राति ट्रकको आगो निभाएको प्रहरी बिहान त्यही विषय उठ्दा चुपचाप रह्यो। आन्दोलनदेखि वाक्क भएका केही सर्वसाधारणको सहयोगमा अन्ततः व्यापारी दाजुभाईले मोर्चा नेतालाई कुटपिट थाले। स्थानीय नेता कौशल खान मिथिलाले व्यापारी दाजुभाइ र सर्वसाधारणको लात्ती प्रहार खाए। मुक्का खाए।
घटना यतिमै सकिएन। कुटाइ खाएका कौशल खानले अान्दोलनका गरुडा संयाेजक वृजकिशोर यादवलाई फोन गरेर सहयोग मागे। केही बेरमै यादव नेतृत्वमा सयौं मोर्चा कार्यकर्ता घटनास्थलमा अाइपुगे। र उनीहरुले घटनास्थल आफ्नो कब्जामा लिए। अब कुटाइ खाने पालो थियो ट्रक मालिक दाजुभाइको। राम र विनोदमाथि सांघातिक आक्रमण सुरु भयो। सयौंको संख्यामा आएका मोर्चा कार्यकर्ताले दाजुभाइमाथि सांघातिक अाक्रमण गरे। राम अयोध्याय लुक्न घरतिर भागे। र फलामको आग्लो हालेर भित्रै बसे। आन्दोलनकारीले घरको ढोका फुटाउने प्रयास गरे। सकेनन् र उनले ज्यान जोगाए। भाइ विनोदलाई मोर्चा कार्यकर्ताले मरणसान्न हुनेगरी कुटपिट गरेका छन्। अहिले उनको स्थानीय अनामिका अस्पतालमा उपचार भइरहेको भइरहेको छ।
मोर्चाको बन्द अवज्ञा गरेकाले घटना भएको संयाेजक यादवले बताए।
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.