पुस १३, २०७२- विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत रहेका सदभावना पार्टिका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य स्थिति अझै सामान्य भएको छैन ।
विराटनगर स्थिति स्थानीय गोल्डेन अस्पतालमा उपचारपछि महतोलाई हाल धरान पुर्याइएको छ ।
उपचाररत चिकित्सकले कान्तिपुरलाई दिएको जानकारी अनुसार उनको रगतमा भएको चिनिको मात्रा अझै नियन्त्रणमा आउन सकेको छैन । उनि उभ्न खोज्दा चक्कर आउने समस्या देखिएको छ ।
'टाउकोमा चोट, अनियन्त्रित सुगर, उभ्न खोज्दा चक्कर आउनु जस्तो समस्या कायमै रहेकोले उनलाई केही दिन प्रत्यक्ष चिकित्सकिय निगरानीमा आराम गर्नु पर्छ', एक चिकित्सकले भने-'उनको टाउको मात्र नभएर खुट्टा लगायतका ठाउँमा पनि चोट लागेको छ ।'
गत शनिवार विराटनगर नाकामा धर्ना वस्दा पुलिसको लाठी प्रहारले महतोको टाउको, खुट्टा, सहित शरिरको विभिन्न भागमा चोट लागेको थियो ।
ekantipur
Post a Comment