यूएई– नयाँशक्ति निर्माण अभियान अन्तराष्ट्रिय बिभाग प्रमुख तथा पुर्वमन्त्री हिसिला यमीले नयाँशक्ति अभियान बारे गलत प्रचार र व्याख्या गरिएको बताएकी छन् ।
नयाँशक्ति निर्माण अभियान यूएईले शुक्रबार दुबईमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएकी यामी सन्चारकर्मीहरुसँग कुराकानी गर्दै सो कुरा बताएकी हुन् ।
आफुहरुको अभियान बाट डराएकाहरु कहिले मधेश आन्दोलनलाई समर्थन गर्यौ, कहिले भारतको दलाली बन्यौ भन्दै नयाँशक्ति अभियान बारे गलत प्रचार गरेको उनको भनाइ थियो ।
आफुहरुको मनोबल गिराएर नयाँ शक्ति निर्माण अभियानलाई निस्तेज गर्न कतिपय लागेको भन्दै देशको वर्तमान परिस्थितीलाई ब्यवस्थित गर्न नयाँशक्ति अभियानले संमन्वयकारी भूमिका निभाइरहेको उनले बताइन् ।
नेपाली समाजमा सकारात्मक भन्दा धेरै नकारात्मक टिकाटिप्पणी गरिने भएकाले आफ्नो अभियानलाई गलत रुपमा व्याख्या नगरिदिन आग्रह उनको आग्रह थियो ।
उनले दक्ष सिप मेहनत र युवा शक्ति सबै बिदेशमा रहेकोले देश बिकासमा टेवा पुग्न नसकेको दाबी गरिन्।
उनले भनिन्, ‘नेपालको समस्या नेपाल भित्र समाधान गर्नुपर्ने भन्दै मधेश र मधेशीहरूको जायज मागहरूको सम्बोधन हुनु पर्छ। होइन भने झन समस्या थपिन्छ ।’
कार्यक्रममा बोल्दै अभियानका अन्तर्राष्ट्रिय बिभाग सदस्य शंकर भण्डारीले जनयुद्दमा आफुहरुले मधेशी, जनजातीका बिषयमा उठाएका मुद्दालाई एमाओवादीले वेवास्ता गरेको भन्दै आफुहरुले त्यसलाई खोजी गर्दै अघी बढ्ने उल्लेख गरे । yami
उक्त कार्यक्रममा युएईमा लामो समय ब्यवसाय गर्दै आएका जनजाती अगुवा पीएस लिम्बु , तथा विप्लव माओवादीको मोर्चामा आबद्द समाजसेवी तथा ब्यवसायी शालिक सुवेदी सहित नयाँ शक्ति अभियानलाई समर्थन् गर्दै बिभिन्न राजनितिक विचारधारामा आबद्द तीन दर्जन बढी नेपालीहरु अभियानमा प्रवेश गरेका छन ।
एमाओवादी छोडेर अहिले नयाँशक्ति निर्माण अभियान यूएईमा पनि नयाँ शक्ति गत महिना निर्माण भएको थियो। पुर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सुरु गरेको अभियानलाई समर्थन गर्दै माओवादीको यूएईमा रहेको जनप्रगतीशिल मन्चका पुर्व अध्यक्ष समेत रहेका उत्तम अधिकारीको सम्योजकत्वमा ५९ सदस्यिय नयाँ शक्ति अभियान यूएई गठन गरिएको थियो। सो अभियानले दामोदर गिरीलाई मध्यपुर्वको युवा समयोजकको रुपमा चयन गरेको छ ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.