काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था विभागका एक उपसचिवलाई कार्यालयमा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ गरेको छ ।
यातायात व्यवस्था बिभागका प्राबिधिक निर्देशकसमेत रहेका नबिनकुमार पोखरेललाई अख्तियारको टोलीले एक लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
उनले एभोन साइकिल्स लिमिटेडको ईलेक्ट्रिक स्कुटर ल्याउन नेपालगन्ज भन्सार कार्यालयका लागि यातायात व्यवस्था विभागबाट सिफारिस बनाउँदा प्रति स्कुटर ५ हजार रुपैयाँका दरले घुस लिएको खुलेकोछ ।
आयोगको टोलीले घुस लिइरहेको सूचना पाएपछि यातायात व्यवस्था विभागको नयाँबानेश्वरस्थित कार्यालयमा छापा मारेर घुस रकम लिइसकेको सो परिमाणको रकमसहित पोखरेललाई पक्राउ गरेको हो ।
उनलाई अख्तियारको टंगालस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.