जसअनुसार चीनले नेपाललाई फेरि १० मिलियन आरएमबी (चिनियाँ मुद्रा) बराबरको १४ लाख लिटर इन्धन अनुदानमा दिने सहमत भएको हो ।
भारतीय नाकाबन्दीपछि यसअघि चीनले नेपाललाई १३ लाख लिटर इन्धन अनुदान दिएको थियो ।
सञ्चारकर्मीसँग आफ्नो भ्रमण सफल रहेको बताउँदै मन्त्री थापाले वर्ष २०१६ को सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने तय भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको भ्रमणमै नेपालले चीनसँग थप सम्झौता गर्ने उहाँले बताउनुभयो ।dainiknepal
Post a Comment