चितवन, पुस १७ । तेस्रो राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा नेपाल अन्डा उत्पादक सङ्घले आज भरतपुर अस्पतालका बिरामी, कुरुवा र सर्वसाधारणलाई अन्डा वितरण गरेको छ ।
अस्पताल परिसरमा अन्डाको महत्वको विषयमा आयोजित कार्यक्रममा अन्डा वितरण गरिएको हो । सो अवसरमा पाँच हजारवटा अन्डा वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले अन्डा मानव स्वास्थ्यका लागि महत्वपूर्ण पोषक भएकाले उपयोगका लागि सबैसँग आग्रह गरे ।
सो अवसरमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशरराज भूर्तेल, पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेल, अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेललगायतले अन्डाको विषयमा आमजनतामा जनचेतना जगाउन सके आत्मनिर्भर भई व्यवसाय टिकाउन सकिने र कम मूल्यमा जनताले पोषक तत्व प्राप्त गर्ने बताए ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले अन्डाको सेतो भागमा प्रोटिनको मात्रा अत्यधिक हुने बताए । उनले भने, ‘अन्डाको सेतो भागमा ओमेगा थ्री पाइन्छ । जुन अन्य गेडागुडीमा समेत पाइँदैन । ओमेगा थ्रीले स्नायुको कोषिकाको विकास गर्दछ ।’
कार्कीका अनुसार, अन्डाको पहेँलो भागमा क्यारोटिन हुन्छ, जसले आँखाको तेज बढाउने गर्दछ ।
नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ५४ वटा अन्डा उपभोग गर्ने गरेको तथ्याङ्क छ । (रासस)
imagekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.