'खस आर्यको सत्ता ढाल्न अब सिंहदरबार घेराउ'
फोटो :फाइल फोटो
जनकपुरधाम : संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले छिट्टै काठमाडौंस्थित खस आर्यहरुको सत्तामा हमला गर्न सिंहदरबार घेराउ गरिने बताएका छन् ।
बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता यादवले ‘हिडौं मधेसी घेरौं सिंहदरबार, लेउ आफ्नो अधिकार’ भन्ने अभियान संचालनको सोचमा आफुहरु रहेको बताए ।
मधेस आन्दोलनको सम्बन्धमा राज्यले पटक पटक अफवाह फैलाउँदै नकारात्मक प्रचार गरिराखेको उनले आरोप लगाए । ‘मधेस आन्दोलन जारी रहेसम्म सीमानाका बन्द रहनेछन्’, उनले भने, ‘तराई–मधेस आमहड्ताल लगायतका कार्यक्रमहरु जारी नै रहनेछन् ।’
उनले तराई, हिमाल र पहाडमा रहेका शोषित, उत्पीडित र अपहेलित जनतालाई एक भई राज्यको जातीय विभेद विरुद्ध लड्न समेत आग्रह गरेका छन् ।
अहिलेको आन्दोलन मधेसको अधिकारको लागि मात्र नभई समग्र राज्यबाट वहिष्करण र विभेदमा पारिएकाहरुको अधिकारको लागि रहेकाले यसमा सबैले सहयोग गर्न उनले आग्रहसमेत गरे ।
सरकारले पटक पटक वार्ताको नाटक गरेपनि आफैँ वार्ता भाडेर मोर्चालाई बद्नाम गर्ने काम गर्दै आएको बताए ।
मधेसी मोर्चा वार्ताविरोधी नरहेपनि एकातर्फ शान्तिपूर्ण आन्दोलन गरिराखेका जनतामाथि बर्बर दमन गर्ने र अर्कोतर्फ वार्तामा आउन आह्वान गर्नु सरकारको दोहोरो नीति रहेको यादवको भनाइ थियो ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.