मोर्चाका कार्यकर्ताले जिउँदै जलाउन खोज्दा गोबिन्दपुरमा तनाव


फोटो :समाचार प्रतिनिधी फोटो
विराटनगरः मोरङमा मधेशी मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा सवार व्यक्तिलाई जिउँदै जलाउने प्रयास गरेपछि गोबिन्दपुरमा तनाव भएको छ ।

सोमबार बिहान मोर्चाका कार्यकर्ताले गोविन्दपुर– ६ मा व्यक्तिगत काममा रंगेलीबाट झुर्किया आँउदै गरेका मोरङ पथरी शनिश्चरे नगरपालिका– १२ का जीवन श्रेष्ठलाई झपरतल चौकमा रोकेर आगजनी प्रयास गरेका थिए ।


मधेशी मोर्चाका स्थानीय नेतृत्वकर्ता बरडंगा गाविस– ६ का प्रकाश यादव, कालवीर राजवंशी र गोबिन्दपुर– ६ का नापीलाल राजंवशीले आगो लगाउने प्रयास गरेको श्रेष्ठले बताएका छन् ।

बन्दकर्ताले मोटरसाइकल चलाईरहेका श्रेष्ठलाई जिउँदै जला भन्दै मोटरसाइकल तोडफोड गरेर शरीरमा पेट्रोल छर्किएको सँगै रहेका श्रेष्ठका साथी रामलाल सुतिहारले जानकारी दिएका छन् ।

मोरङ झुर्किया– ९ का सुतिहार र भाइराम गन्गाइलाई भगाएको भन्दै बन्दकार्ताले उनलाई निर्घात कुटपिट गरेका छन् ।

श्रेष्ठले भने,‘बन्दकर्ताले सुरुमा मोटरसाइकल रोकेर एक्कसी पेट्रोल छर्किएर आगो झोस्न खोजे तर बिहान भएकोले लाइटर सल्किएन भाग्यले बचियो ।’

लाइटर नबलेपछि आफू भागेको श्रेष्ठले बताए । साथी भगाएको भन्दै आफूलाई बरडंगा– ६ का शिवकुमार राजवंशी,गोविन्दपुर– ६ का विरजा सहनी, दीपेन्द्र राय र बरडंगा– ७ का सडानन्द ठाकुरले बाँसले कुटपिट गरेको रामलाल सुतिहारले बताए ।

बन्दकर्ताले ३ जना सवार को १४ प ६८५१ नम्बरको मोटरसाइकल तोडफोड गरी पेट्रोल छर्किएर आगो लगाउने प्रयास गर्दा तनाव भएको थियो ।

पछि सिजुवाबाट श्रेष्ठ पक्षधर आएपछि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी सहायक निरीक्षक शेषनारायण सिंह नेतृत्वको टोलीले घटना नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो । सिंहले भने,‘स्थिति बिग्रन नदिन तत्काल कार्वाही गर्नु परेको हो ।’ उनले अवस्था सामान्य भएको बताए ।

तर, छलफल गर्न जाँदा प्रहरीले सिजुवाका बासिन्दालाई लाठी चार्ज गरेको घाइते सिुजुवा– ८ का मनोज पौडेलले बताए । झडपमा परी सन्तोष श्रेष्ठ, शम्भु राई, धमेन्द्र वर्मा, हेम चोङवाङ, मनिष पौडेल र तिजेन्द्र बर्मा घाइते भएका छन् ।

यसैबीच पीडितहरुले आन्दोलनको नाममा ज्यादति गरेको भन्दै प्रकाश यादव, कालवीर राजवंशी र नापीलाल राजवंशी विरुद्ध ज्यान मार्ने उद्योगमा सोमबार इलाका प्रहरी कार्यालय सिजुवा मार्फत इप्रका रंगलीमा उजुरी दायर गरेका छन् ।

शिवकुमार राजवंशी, विरजा सहनी, दीपेन्द्र राय र सडानन्द ठाकुरविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

इप्रका सिजुवा प्रहरी सहायक निरीक्षक शंकर खड्काले दायर उजुरीको पक्षमा समन्वय गर्ने बताएका छन् ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget